चेन्नेई सुपर किंग्स आईपीएलको फाइनलमा « Khabarhub

चेन्नेई सुपर किंग्स आईपीएलको फाइनलमा


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चेन्नेई सुपर किंग्स इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को फाईनल प्रवेश गरेको छ । हिजो (शुक्रबार) राति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नेईले फाइनलको यात्रा तय गरेको हो । अब उपाधीका लागि चेन्नेईले मुम्बईको सामना गर्नेछ ।

१ सय ४८ रनको लक्ष्य चेन्नेईले १ ओभर बाँकी छँदै ४ विकेट गुमाएर पुरा गर्‍यो । चेन्नेईको जीतका लागि ओपनर फाफ डु प्लेसिस र सेन वटसनले अर्धशतक बनाए । दुवैले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । सुरेश रैना ११ रन बनाएर आउट भएका थिए ।

यसअघि, विशाखापटनममा चेन्नेईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको दिल्लीले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । दिल्लीका लागि ऋषभ पन्तले ३८ र कोलिन मुन्रोले २७ रन जोड्नु बाहेक अन्यको प्रर्दशन त्यति राम्रो भएन ।

ओपनर पृथ्वी शा ५ र शिखर धवन ८ रनका आउट भए । कप्तान श्रेयश लेयरले १३ रन मात्र जोडे ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : ०६ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै