चेन्नेई सुपर किंग्स आईपीएलको फाइनलमा « Khabarhub

चेन्नेई सुपर किंग्स आईपीएलको फाइनलमा


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चेन्नेई सुपर किंग्स इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को फाईनल प्रवेश गरेको छ । हिजो (शुक्रबार) राति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नेईले फाइनलको यात्रा तय गरेको हो । अब उपाधीका लागि चेन्नेईले मुम्बईको सामना गर्नेछ ।

१ सय ४८ रनको लक्ष्य चेन्नेईले १ ओभर बाँकी छँदै ४ विकेट गुमाएर पुरा गर्‍यो । चेन्नेईको जीतका लागि ओपनर फाफ डु प्लेसिस र सेन वटसनले अर्धशतक बनाए । दुवैले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । सुरेश रैना ११ रन बनाएर आउट भएका थिए ।

यसअघि, विशाखापटनममा चेन्नेईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको दिल्लीले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । दिल्लीका लागि ऋषभ पन्तले ३८ र कोलिन मुन्रोले २७ रन जोड्नु बाहेक अन्यको प्रर्दशन त्यति राम्रो भएन ।

ओपनर पृथ्वी शा ५ र शिखर धवन ८ रनका आउट भए । कप्तान श्रेयश लेयरले १३ रन मात्र जोडे ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : ०६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी