हावाहुरी र असिनाले साढे पाँच करोडको क्षति « Khabarhub

हावाहुरी र असिनाले साढे पाँच करोडको क्षति


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कतै फलेर बिक्री शुरु भइसकेको त कतै फल्नका लागि फूल खेल्ने क्रममा रहेका तरकारी बाली । क्षणभरमा नै हावाहुरीसहितको असिनाले तरकारी बाली सखाप पारेपछि यतिखेर यहाँका कृषक चिन्तामा छन् ।

वैशाखमा बारम्बार आएको हावाहुरीसहितको असिनापानीले पोखराका विभिन्न १० स्थानमा रु पाँच करोड ४९ लाख ५० हजार बराबरको भौतिक संरचना एवं कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको छ ।

कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन (एकाइ) सुपरजोन (तरकारी) अन्तर्गत निर्माण गरिएका भौतिक संरचना भत्कनुका साथै कृषकले टनेल भित्र र बाहिर लगाएको तरकारी बाली नोक्सान हुँदा ठूलो क्षति पुगेको हो ।

स्थलगत गरेको अध्ययन प्रतिवेदनअनुसार पोखराका विभिन्न सात वडामा तरकारी बालीका लागि आर्थिक वर्ष २०७४/७५ निर्माण गरिएका चार स्थानका हाइटेक, चार स्थानका अस्थायी प्लाष्टिक घरसहित भित्र र खुलारूपमा कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको सुपरजोन कार्यालय पोखराका प्रमुख वसन्त श्रेष्ठले जानकारी दिए ।

हावाहुरी र असिनाले राधिका एग्रो फार्ममा हाइटेक ग्रिनहाउस उडाउँदा छ लाख, डीआरएग्रो फार्ममा दुई लाख ५० हजार, वेगखोला दिदी बहिनी कृषि फार्म रु चार लाख र वरपिपल एग्रोमा दुई लाख क्षति पुगेको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी अस्थायी प्लाष्टिक घर बालीतर्फ उजिर बुढाथोकीको चार लाख, लालप्रसाद न्यौपानेको एक लाख ५० हजार, विश्व सापकोटाको एक लाख तथा झौरीखेत कृषि सहकारी लिमिटेडअन्तर्गत खुलारूपमा लगाइएको तरकारी बाली नष्ट भएको उनले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ९ : ५२ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र