हङ्कङको संसद्मा हात हालाहाल, एक सांसद घाइते « Khabarhub

हङ्कङको संसद्मा हात हालाहाल, एक सांसद घाइते


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-सुपुर्दगी विधेयकका विषयलाई लिएर हङ्कङको संसद्मा हात हालाहाल भएको छ ।

मुख्यभूमि चीनसहित अन्य मुलुकमा पक्राउ पुर्जी जारी भएका मानिसलाई हङ्कङले सुपुर्दर्गी गर्नसक्ने कानून निर्माणका लागि ल्याइएको विधेयकका विषयमा भएको छलफल उग्र बनेपछि हात हालाहालको अवस्था आएको हो ।

हङ्कङका लोकतन्त्र समर्थक तथा चीन सरकार समर्थित दुई बेग्ला बेग्लै समूहले उक्त विधेयक माथिको सुनुवाई थालेपछि संसद्भित्रको अवस्था उग्र बनेको थियो ।

त्यसपछि सांसाद्हरु टेबलमाथि चढेर होहल्ला शुरु गरेका थिए । त्यसैबीचमा हात हालाहालको अवस्था आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हालत हालाहालका क्रममा एकजना लोकतन्त्रवादी सांसद् ग्यारी फान घाइते भएको र उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

बन्न लागेको पछिल्लो कानूनअनुसार कुनै पनि मुलुकमा अपराधको अभियोग लागेका जो कोहीलाई पनि हङ्कङबाट सुपुर्दगी गर्न सकिनेछ ।

यस्तो कानून बनेमा हङ्कङमा, कम्युनिष्ट पार्टीको सरकार रहेको चीनको अनावश्यक प्रभाव बढ्ने र यसले व्यापारिक केन्द्रका रुपमा रहेको हङ्कको छविमा आँच आउने हङ्कङका लोकतन्त्रवादी तथा विपक्षी नेताहरुको तर्क छ । यसको विरोधमा हङ्कङमा केही महिनायता प्रदर्शन समेत हुँदै आएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  १ : ३३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र