हङ्कङको संसद्मा हात हालाहाल, एक सांसद घाइते « Khabarhub

हङ्कङको संसद्मा हात हालाहाल, एक सांसद घाइते


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-सुपुर्दगी विधेयकका विषयलाई लिएर हङ्कङको संसद्मा हात हालाहाल भएको छ ।

मुख्यभूमि चीनसहित अन्य मुलुकमा पक्राउ पुर्जी जारी भएका मानिसलाई हङ्कङले सुपुर्दर्गी गर्नसक्ने कानून निर्माणका लागि ल्याइएको विधेयकका विषयमा भएको छलफल उग्र बनेपछि हात हालाहालको अवस्था आएको हो ।

हङ्कङका लोकतन्त्र समर्थक तथा चीन सरकार समर्थित दुई बेग्ला बेग्लै समूहले उक्त विधेयक माथिको सुनुवाई थालेपछि संसद्भित्रको अवस्था उग्र बनेको थियो ।

त्यसपछि सांसाद्हरु टेबलमाथि चढेर होहल्ला शुरु गरेका थिए । त्यसैबीचमा हात हालाहालको अवस्था आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हालत हालाहालका क्रममा एकजना लोकतन्त्रवादी सांसद् ग्यारी फान घाइते भएको र उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

बन्न लागेको पछिल्लो कानूनअनुसार कुनै पनि मुलुकमा अपराधको अभियोग लागेका जो कोहीलाई पनि हङ्कङबाट सुपुर्दगी गर्न सकिनेछ ।

यस्तो कानून बनेमा हङ्कङमा, कम्युनिष्ट पार्टीको सरकार रहेको चीनको अनावश्यक प्रभाव बढ्ने र यसले व्यापारिक केन्द्रका रुपमा रहेको हङ्कको छविमा आँच आउने हङ्कङका लोकतन्त्रवादी तथा विपक्षी नेताहरुको तर्क छ । यसको विरोधमा हङ्कङमा केही महिनायता प्रदर्शन समेत हुँदै आएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  १ : ३३ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,