भारतका सबैभन्दा धनी अम्बानीले किने ९ अर्ब ८३ करोडमा खेलौना पसल « Khabarhub

भारतका सबैभन्दा धनी अम्बानीले किने ९ अर्ब ८३ करोडमा खेलौना पसल


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी अखबार फोर्बसको अर्बपतिको सूचीमा १३ औं नम्बरमा आउने भारतीय धनाढ्य मुकेश अम्बानीले ८ करोड ८० लाख अमेरिकी डलरमा अढाई शताब्दी भन्दा पुरानो खेलौनाको व्यवसाय खरिद गरेका छन् ।

मुकेश अम्बानीले बेलायतमा रहेको २५९ वर्ष पुरानो ह्याम्लिज खेलौना पसल ८ करोड ८० लाख डलर (९ अर्ब ८३ करोड ४४ लाख ४० हजार नेपाली रुपैयाँ) मा खरिद गरेका हुन् ।

हङकङगमा रहेको चिनियाँ फेसन समूह सी. ब्यानर इन्टरनेशनल होल्डिङग्ससँग ८ करोड ८० लाख अमेरिकी डलर बराबरमा खरिद सम्झौता भएको अम्बानीको रिलायन्स ब्राण्डले घोषणा गरेको छ । यससँगै अब ह्यम्लिजका विश्वका १८ मुलुकमा रहेका १६७ स्टोर रिलायन्स कम्पनीको स्वामित्वमा आएको छ ।

सन् १७६० मा स्थापना भएको ह्याम्लिज खुद्रा पसल विश्वको सबैभन्दा पुरानो तथा निकै महत्वपूर्णमध्येको खेलौना पसल एक हो ।

पछिल्लो समयमा ह्याम्लिज घाटामा गएका कारण सी. ब्यानरले आफूले यसअघि खरिद गरेको भन्दा झण्डै आधा रकमममा रिलायन्सलाई बेच्न बाध्य भएको जनाइएको छ ।

बेलायतको राजधानी लण्डनमा रहेको पर्यटकीय रेजेण्ट स्ट्रिटमा अवस्थित ह्याम्लिजको मुख्य वितरण केन्द्रमा मात्रै वार्षिक ५० लाख पर्यटकहरु आउने गरेको बताइन्छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ३ : २२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र