नेपाल र भियतनामबीच दुई वटा समझदारीमा हस्ताक्षर, संयुक्त पत्रकार सम्मेलन सम्पन्न « Khabarhub

नेपाल र भियतनामबीच दुई वटा समझदारीमा हस्ताक्षर, संयुक्त पत्रकार सम्मेलन सम्पन्न


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र भियतनामबीच द्विपक्षीय सम्बन्ध र व्यापार वृद्धि बढाउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षार भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा रहेका बेला कुटनीतिक तथा सरकारी राहदानी वाहक नागरिकलाई बिना भिसा मुलुक प्रवेश गर्न दिने तथा दुबै मुलुकको सरकारबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनाका लागि सम्झौतामा हस्ताक्षार भएका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी तथा भियतनामको विदेश मन्त्रालयका प्रतिनिधि न्गुएइन कुक डुङले सम्झौतामा हस्ताक्षार गरे ।
त्यस्तै, दुई मुलुकबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौताको आशयपत्रमा समेत सम्झौता भएको छ ।

भियतनामको राजधानी हनोईमा रहेको राष्ट्रपतीय कार्यालयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारी तथा भियतनामको उद्योग उपमन्त्री डाङ आओङ आनले उक्त आशयपत्रमा हस्ताक्षार गरेका हुन् ।

समझदारी पत्रमा हस्ताक्षर भएपछि भियतनामको हनोइस्थित राष्ट्रपति भवनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री  ङ्युएन सुआन फुकले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : ०४ बजे

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ