चीनमा उत्पादन भएको दुई हजार ६४० बोरा युरिया मल नियन्त्रणमा « Khabarhub

चीनमा उत्पादन भएको दुई हजार ६४० बोरा युरिया मल नियन्त्रणमा


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शङ्कास्पद ६६ मेट्रिक टन युरिया मल बरामद गरेको छ ।

कपिलपस्तुको शिवराज नगरपालिका वडा नं ७ मा रहेको जय अम्बे प्लाइउड इण्डट्रिज रुद्रपुर र पशुपती प्लाइउड इण्डट्रिज कम्पनी लोहरौलाबाट ठूलो मात्रामा युरिया मल नियन्त्रण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विभिन्न सुराकीका आधारमा दुई हजार ६४० बोरा मल नियन्त्रणमा लिएको हो । चार सय ४० बोरा मल कम्पनीमै सिल गरिएको छ भने अन्य मल कन्टेनरसहित प्रशासनको नियन्त्रणमा रहेको छ । चीनमा उत्पादन भएको युरिया मल प्लाइउड कम्पनीले भारतको कालकता बन्दरगाह हुँदै भैरहवा भन्सार कार्यालयमार्फत नेपाल प्रवेश गरेको थियो ।

शनिवार बिहान कम्पनीमा मल पुगेपछि प्रशासनले कन्टेनरसहित नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए । किसानले समयमा मल नपाउँदा चिन्तित भएका बेला उद्योगमा भारीमात्रमा मल भेटिनुमा समेत शङ्का गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ९ : १२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन