कतार विश्वकप रंगशाला निर्माणमा खटिएका १४ सय नेपालीले ज्यान गुमाए « Khabarhub

कतार विश्वकप रंगशाला निर्माणमा खटिएका १४ सय नेपालीले ज्यान गुमाए


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि कतारमा रंगशालमा निर्माणका क्रममा खटिएका १४ सय नेपालीले जान गुमाएको तथ्यांक सार्वजनिक भएको छ ।

कतार रंगशाला निर्माणका क्रममा ९ वर्षको अवधिमा १४ सय नेपाली कामदारको मृत्यु भएको जर्मनीको एक टेलिभिजनले खुलासा गरेको हो ।  जर्मनीको डब्लुडिआर टेलिभिजनले ‘ट्रयाप्ड इन कतार’ नामक उक्त अनुसन्धानात्मक डकुमेन्ट्रीमार्फत धेरै संख्यामा नेपाली कामदारको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको अरब न्युजले उल्लेख गरेको छ ।

डकुमेट्रीका अनुसार निर्माणको क्रममा हुने दुर्घटनाका क्रममा प्रत्येक वर्ष १ सय ५० जनाको ज्यान जाने गरेको छ । मृत्यु भएका नेपालीका परिवारले कुनै क्षतिपुर्ति समेत नपाएको उल्लेख गरिएको छ ।  डकुमेन्ट्रीमा कामदारहरुले स्टेडियम निर्माणका क्रममा भोगका दुःख हरु समावेश गरिएको छ ।

त्यसैगरी कतारमा रहेका नेपाली कामदारहरुसँगको संवाद पनि देखाइएको छ । भिडियोमा नेपालीहरुले आफूहरुलाई न्युनतम ज्याला समेत नदिइएको बताएका छन् ।

सन् २०१० डिसेम्बर २ तारिखका दिन कतारमा विश्वकप आयोजना हुने घोषणा भएसँगै कतारले भौतिक पूर्वाधार निर्माणका लागि कतारले विश्वका हजारौँ कामदार आफ्नो देशमा मगायो। नेपालबाट पनि हजारौँ कामदार त्यहाँ पुगेका हुन् ।

कतारको गर्मी र बासस्थानको अवस्थाले धेरैको ज्यान जाने गरेको छ । ज्यान गुमाउनेमध्ये केहीको काम गर्दा गर्दै त कोही सुतेकै अवस्थामा प्राण त्याग्छन् ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ९ : ०३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन