युवराज सिंह : ब्याटिङको मातदेखि सन्यासको आँसुसम्म « Khabarhub

युवराज सिंह : ब्याटिङको मातदेखि सन्यासको आँसुसम्म


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सन् २००७ र २०११ को विश्वकप ट्रफी भारतलाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका युवराजले सोमबार मुम्बईको एक होटलमा पत्रकार सम्मेलन गरी आफुले क्रिकेट करियरबाट विदा लिएको घोषणा गरे ।

३७ वर्षीय युवराज सिंहले आफ्नो अन्तिम ओडीआई म्याच ३० जुन २०१७ मा वेस्ट इन्डिजविरुद्ध खेलेका थिए भने भारतका लागि अन्तिम टी–२० खेल १ फ्रेबु्रअरी २०१७ मै इङ्ग्ल्यान्डविरुद्ध खेलेका थिए । यस्तै उनले अन्तिम टेस्ट डिसेम्बर २०१२ माा इङ्ग्ल्यान्डविरुद्ध नै खेलेका थिए ।

लामो समय भारतीय क्रिकेटको मध्य विन्दुमा रहेका युवराजले पछिल्लो २ वर्ष भने भारतबाट खेल्न पाएका थिएनन् ।

सम्झनलायक खेल

आफ्नो सन्यासको घोषणा गरिरहँदा युवराजले क्रिकेट मैदानसँगका आफ्नो यादगार क्षणहरु सम्झिए । उनले आफु मैदानमा रहँदाका महत्वपूर्ण ३ खेलको बारेमा बताए ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा राम्रो पारीका रुपमा सम्झदा सन् २०११ को विश्वकप जित्नु, २००७ को टि–२० विश्वकपमा इङ्ग्ल्यान्डविरुद्धका ६ बलमा ६ छक्का र २००४ मा लार्हौरमा बनाएको आफ्नो पहिलो टेस्ट शतकलाई सम्झिएका छन् ।

सन्यास घोषणा कार्यक्रममा भावुक देखिएका उनले भने, ‘म बच्चादेखि नै आफ्नो बुबाले देखाएको बामटोमा हिँडे र देशका लागि खेल्ने उनको सपना पछ्याए । मेरो समर्थकले सधैं मलाई साथ दिए । मेरा लागि २०११ को विश्वकप जित्नु, ‘म्यान अफ दि सिरिज’ हुनु एक सपना जस्तै थियो । यसपछि मलाई क्यान्सर भयो । त्यो निकै कठिन समय थियो । त्यतिबेलदा पनि मेरो परिवार र मेरा समर्थक मेरो साथमा थिए ।’

सबैभन्दा कमजोर प्रदर्शन

युवराजले आफ्नो करियरको सबैभन्दा कमजोर प्रदर्शनका रुपमा २०१४ टी–२० विश्वकपको फाइनलमा श्रीलंकाविरुद्धको खेललाई लिएका छन् । जसमा उनले २१ बलमा ११ रन मात्रै बनाउन सकेका थिए ।

उनले भने, ‘२०१४ टी–२० फाइनल मेरो जीवनको सबैभन्दा खराब प्रदर्शन भयो । त्यतिबेलै मैले सोचिसेकाके थिए कि मेरो क्रिकेट करियर सकियो । त्यो समय म केही पर्खिए र सोचे मैले क्रिकेट खेल्न किन शुरु गरे ? पुन म घरेलु क्रिकेटमा फर्किए र निकै मेहनत गरे । पछि मैले ३ वर्षपछि ओडीआई क्रिकेटमा कमब्याक गरे, किनकि मैले कहिलै पनि आफूाथिको विश्वासलाई हार्न दिएको थिएन ।’

सन्यास बारे बोल्दै युवराजले भने, ‘सफलता पनि हात परिरहेको थिएन र अवसर पनि मिलिरहेकामे थिएन । २००० मा करियर सुरु गरे, अहिले १९ वर्ष भइसको छ । कन्फ्युज थिए कि करियरलाई कसरी रोक्ने भनेर । सोचेको थिए पछिल्लो टी–२० जित्दा नै सन्यास घोषणा गरेको भए हुन्थ्यो । तर, सबै कुरा सोचेको पुरा हुँदैन् । जीवनमा एक समय आउँछ र त्यसैले निधारर्ण गर्छ अब कहाँ जाने ।’

अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तीमानी

ओडीआई क्रिकेटमा युपराजले ३०४ खेल खेले जसमा उनले ३६.५६ रनको औषतमा १४ शतक र ५२ अर्धशतक बनाउँदै ८ हजार ७ सय १ रन बनाए भने १ सय ११ विकेट लिएका थिए ।

टी–२० क्रिकेटमा युवराजले भारतका लागि खेलेक ५८ खेलमा ८ अर्धशतकसहित १ हजार १ सय ७७ रन बनाएका छन् भने ४० टेस्टमा १९ सय रन बनाएका थिए ।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ११ : ४६ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन