माइतीघरमा सामान्य बल प्रयोग भएकै हो : गृहमन्त्री थापा | Khabarhub Khabarhub

माइतीघरमा सामान्य बल प्रयोग भएकै हो : गृहमन्त्री थापा


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)ले गुठी संस्थानसम्बन्धी विधेयकको विरोधमा आइतबार काठमाडौंको माइतीघरमा आयोजित विरोध प्रदर्शनमा सुरक्षाकर्मीले सामान्य बल प्रयोग गरेका बताएका छन् ।

विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले सार्वजनिक आवागमन ठप्प पार्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको गृहमन्त्री बादलको भनाइ छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री थापाले राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा नरहेको पनि बताए ।

माइतीघरको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपका विषयमा सदनलाई जानकारी दिँदै गृहमन्त्री थापाले सार्वजनिक सवारी साधनको आवागमनमा अवरोध नगर्न गरेको आग्रह अस्वीकार गरि प्रर्दशनकारीले यातायात अवरोध गर्ने काम जारी राखेकाले पानीको फोहराको अतिरिक्त प्रहरीले सामान्य बल प्रयोग गरिएको बताए ।

प्रर्दशनकारीको तर्फबाट ढुंगा–मुडा प्रहार गर्ने काम भएपछि सुरक्षाकर्मीबाट त्यसलाई नियन्त्रण गर्ने काम भएको गृहमन्त्रीको भनाइ छ ।

‘शान्तिपूर्ण रुपमा विरोध प्रर्दशन गर्न पाईन्छ, तर सुरक्षाकर्मीमाथि ढुंगा हान्ने, इट्टा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौ,’ गृहमन्त्री थापाले भने ।

सरकारले नागरिकको अधिकारलाई कुण्ठित गरेको भन्ने आरोप गलत भएको उल्लेख गर्दै गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गरी सार्वजनिक यातायात सुचारु गर्नका लागि राज्यले आफ्नो दायित्व बहन गरेको सदनलाई जानकारी गराए ।

माइतीघरमा भएको घटनाको सरकारले नैतिक जिम्मेवारी लिने र घटनाबारे छानविन गर्ने पनि गृहमन्त्री थापाले स्पष्ट पारे ।

गृहमन्त्री थापाको जवाफ चित्त नबुझेर केही सांसदहरुले प्रतिप्रश्न पनि गरेका थिए । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? भनेर प्रश्न गरेका थिए ।

नेमकिपाका सांसद प्रेम सुवालले टिप्पर आतंक यथावत रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराए । सांसद पुष्पा भुसालले गृहमन्त्री थापाले नेवा आन्दोलनलाई अरु संघ संस्थासँग जोडेर यो आन्दोलन भईरहेको भनेर आन्दोलनलाई कमजोर बनाउने काम गरेको आरोप लगाइनय् ।

माइतीघर मण्डलामा प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको विरोधमा प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ माग गर्दे सोमबारको संसद बैठक अवरुद्ध गरेको थियो । त्यसपछि मंगलबारको बैठकमा गृहमन्त्री थापाले त्यसबार सदनलाई जवाफ दिएका हुन् ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १२ : १३ बजे

नवलपरासी कारागारमा १९ कैदी फर्किए

नवलपरासी– नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् । 

जगदीश्वरको नेतृत्वमा सडकमा निस्किए कांग्रेस कार्यकर्ता

काठमाडौँ- नेपाली कांग्रेसका नेता-कार्यकर्ताले शुक्रबार काठमाडौँको सामाखुसी चोकमा पार्टीको झण्डासहित

जेन-जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो, १७ सय बढि घाइते

काठमाडौं– जेन-जीको दुई दिने प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६

जेन-जी आन्दोलनमा दोलखाका तीन जनाले गुमाए ज्यान

दोलखा– जेन-जीहरुको आन्दोलनमा परेर दोलखाका तीन जनाले ज्यान गुमाएका छन्

जेन-जीको आन्दोलनमा निजी क्षेत्रमा भएको क्षतिप्रति महासंघ दुख व्यक्त

काठमाडौं– जेन-जी पुस्ताले मुलुकभर चलाएको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति