उद्घाटन भएपछि बन्द भएको तातोपानी नाका अझै चलेन « Khabarhub

उद्घाटन भएपछि बन्द भएको तातोपानी नाका अझै चलेन


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भूकम्पले त्यति पुर्‍याएपछि तामझामका साथ जेठ १५ गते संचालनमा ल्याईएको तातोपानी नाका फेरि बन्द भएको छ ।

२०७२ मा भूकम्पले मितेरी पुल ध्वस्त बनाएपछि बन्द भएको उक्त नाका, दुई–देशीय अधिकारीहरुको उपस्थितीमा जेठ १५ गते पुनःसञ्चालनमा ल्याइएको थियो। नाका सुचारुगर्दा अतिशबाजीका साथ रेड कार्पेट बिछ्याएर ४ कन्टेनर ऊन नेपाल भित्राएपछि बन्द भएको नाका अझै सञ्चालनमा आउन सकेको छैन् ।

तातोपानी भन्सार कार्यलयको तथ्याङ्क अनुसार जेठ १५ यता कुनैपनि मालबाहक वस्तु आवतजावत भएको छैन् । भौतिक संरचनाको आभावले नाका संचालनमा आउन नसकेको भन्सारका अधिकारी बताउछन् । तातोपानी भन्सार कार्यलयका प्रमुख कृष्ण बस्नेत भन्छन् ‘अहिले बन्दरगाहाको समस्या छ, चीनले नेपालमा बन्दरगाहा निर्माण गरिसकेको छ तर हस्तानतरण भने गर्न बाँकी छ’ ।

तातोपानीदेखि ६ किलोमिटर तल लार्चामा चीन सरकारले सुख्खा बन्दरगाहा निर्माण गरिसकेता पनि आन्तरिक पूर्वाधार तथा सञ्चार संयन्त्र जडान नभएका कारण बन्दरगाहा हस्तान्तरण हुन पाएको छैन् । उक्त बन्दरगाहा नेपाललाई हस्तानतरण हुने वितिकै द्रुत गतिमा नाका संचालनमा आउने बस्नेतको भनाई छ ।

हाल तातोपानि भन्सारको लागी १५ जना कार्मचारी खटाईएको छ । नाका संचालनमा आउन नसकेपछि कार्मचारीहरु बेकामे भएर थन्किएका छन् । स्थानीयहरुको अनुसार सर्वसाधरणलाई समेत उक्त नाकाबाट पहिले जस्तै सजिलै चीन प्रवेश गर्न दिईएको छैन ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १२ : ४६ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि