बहुविवाहको अभियोगमा कैद सजाय पाएकी रिता १० वर्षपछि पक्राउ | Khabarhub Khabarhub

बहुविवाहको अभियोगमा कैद सजाय पाएकी रिता १० वर्षपछि पक्राउ


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौता लाग्न गएको अभियोगमा बहुविवाह मुद्दाअन्तर्गत कैद र जरिवानाको सजाय पाएकी रिता भनिने हिरा चौलागाईं १० वर्षपछि पक्राउ परेकी छन् ।

तत्कालीन पुनरावेदन अदालत हेटौंडाले २९ वैशाख २०६६ रिताविरुद्ध २ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । अदालतको फैसलापछि कैद भुक्तान नगरी फरार रहेकी रितालाई काठमाडौंको कपनबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएको छ ।

मकवानपुरको तत्कालीन हटिया गाविस–९ घर भएकी रिताले २०५५ सालमा ठाकुर प्रसाद चौलागाईंसँग विवाह गरेकी थिइन् ।

घरमा (आफू) श्रीमती हुँदा–हुँदै श्रीमान्ले दोस्रो विवाह गरेको भन्दै ठाकुरकी श्रीमती गिता चौलागाईंले अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

सोही मुद्दामा अदालतले रिता र ठाकुरविरुद्ध कैद तथा जरिवानाको सजाय सुनाएको थियो । अदालतले सजाय सुनाएको १० वर्षपछि पक्राउ परेकी रितालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको आदेशअनुसार कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको सिआईबीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ३ : ३१ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय