बिरामी पत्नी लिएर अस्पताल पुगेका व्यक्तिलाई लाग्यो डाक्टरमाथि कुटपिट गरेको आरोप « Khabarhub

बिरामी पत्नी लिएर अस्पताल पुगेका व्यक्तिलाई लाग्यो डाक्टरमाथि कुटपिट गरेको आरोप


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  बिरामी पत्नी लिएर सिन्धुली अस्पताल गएका कमलामाइ नगरपालिका १० का कृष्ण बस्नेतले अस्पतालका चिकित्सकलाई हातपात गर्ने प्रयास गरेको भन्दै चिकित्सकहरुले विराेध जनाएका छन् ।

सोमबार राति रुने, कराउने, पिट्ने काप्ने समस्या भएकी पत्नी लिएर अस्पतालको आकस्मिक कक्षमा पुगेका बस्नेतले डाक्टर दिवस ढकाललाई गालीगलौज तथा कुटपिटको प्रयास गरेको पीडित ढकालले खबरहबलाई बताए ।

मानसिक समस्या लिएर जटिल अवस्थामा अस्पताल आएको बिरामीलाई अस्पताले १० बजे नै विशेषज्ञ चिकित्सकलाई देखाउनु भनेर रेफर गरेको थियो । ११ बजेसम्म पनि बिरामीलाई अस्पतालबाट नलगेपछि डाक्टरले सम्झाउँदा उल्टै हालपात गर्न आएको डा ढकालको भनाइ छ ।

‘मेरो ड्युटी अफ थियो, राती १० बजे रुने कराउने, मानसिक समस्या देखिएको बिरामी लिएर आएका रैछन्, बिरामीको अवस्था जटिल देखेर अस्पतालमा काम गर्ने अन्य चिकित्सक र नर्सहरुले मलाई बोलाउनुभयो,बिरामीको अवस्था जटिल देखेर अस्पतालमा उपचार सम्भव नभएपछि हामीले मानसिक राेगसम्बन्धी विशेषज्ञ डाक्टरकोमा लैजानु भनेका थियौं,’ डा ढकालले भने, ‘तर उहाँले ११ बज्न लाग्दा पनि बिरामीलाई लानुभएन, बिरामीको अवस्था जटिल भएकाले अन्य अस्पताल ल्यैजानु भन्दा मलाई नराम्रो शब्द प्रयोग गरे, धकेलेर लडाउने प्रयास गरे ।’

बिरामीको आफन्तले आफूमाथि कुटपिटको प्रयास गरेपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको थियो । तर बिरामीको अवस्था जटिल भएकाले चिकित्सकलाई गालीगलौज गर्ने बिरामीको आफन्तलाई छाडिएको डा ढकालले बताए ।

कार्यकक्षमै चिकित्सकमाथी गालीगलौज र कुटपीटको प्रयास गरेको भन्दै सिन्धुली अस्पतालका चिकित्सकहरुले बिरोध गरेका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ४ : १६ बजे

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४