हिमालयन बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै « Khabarhub

हिमालयन बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिमालयन बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरेको छ । उक्त रकमको ऋणपत्र आगामी असारभित्रै निष्काशन गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।

ऋणपत्र निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको र आगामी हप्ताभित्र अनुमति पाउने बैंकको अपेक्षा छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले धितो बोर्डबाट अनुमति पाएलगतै राष्ट्र बैंकबाट अनुमति लिएर ऋणपत्र जारी गरिने बताए ।

हिमालय बैंकले १० प्रतिशत ब्याजदरमा ‘हिमालय बैंक २०८३’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ५० लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ५ : २१ बजे

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक