दुर्घटना रोक्ने मोबाइल एप्स « Khabarhub

दुर्घटना रोक्ने मोबाइल एप्स


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी- चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेसन एप्स’ सञ्चालनमा ल्याएको छ । विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने कानूनी व्यवस्थालाई प्रविधिमार्फत सुनिश्चित गर्न यो एप्स सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

यो एप्सको माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापन हुने प्रहरीको विश्वास छ । पहिलो चरणमा प्रदेश ५ अन्तर्गत पश्चिम नवलपरासीको भूमही र बाँकेको कोहलपुर, काठमाडौँको नागढुङ्गा, प्रदेश २ अन्तर्गत सर्लाहीको कर्मैैयाबाट एप्स सञ्चालन गरिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए।

उनले भने, ‘यसको प्रयोगबाट लामो दूरीमा चल्ने सवारीसाधनमा चालक परिवर्तन भए÷नभएको पत्ता लगाउन सकिन्छ । जसका लागि एउटा निश्चित विन्दुमा सवारी चालकको तस्वीर खिची सवारीसाधनको नम्बर, प्रस्थान तथा गन्तव्यस्थान दर्ता गरी इन्टरनेटको सर्भरमा राखिन्छ । ट्राफिक प्रहरीले चेकिङ प्वाइन्टमा जाँचको क्रममा चालकको तस्वीर र अनुहार जाँच तथा विवरणको आधारमा चालक बदली भए÷नभएको सहज रुपमा पत्ता लगाउन सक्छन्।’

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लामो दूरीको सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने प्रावधान छ । तर, पालना नहुँदा दुर्घटना बढेपछि नेपाल प्रहरीले प्रविधिमार्फत उक्त नियम पालना गराउन यो प्रविधि भित्र्याएको हो ।

नेपाल प्रहरीले शुरु गरेको ट्राफिक कम्युनिकेशन एप्सको प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आइतबार सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले उद्घाटन गर्दै एप्सको माध्यमबाट सवारी दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे।

प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले यो अभियान सवारी चालक, यातायात मजदुर, यातायात व्यवसायी र यात्रु सबैको हितमा रहेको बताए। पश्चिमाञ्चल यातायात व्यावसायी समिति बुटवलका अध्यक्ष दधिराम खरेलले एप्सको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिए।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले यस अभियानले सवारी दुर्घटनामा कमी आउने विश्वास व्यक्त गए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख हेमबहादुर शाहीका अनुसार उक्त एप्स प्रयोगकर्ताले जीपीएस लोकेशन पनि थाहा पाउन सक्छन् भने एप्समा चालकको लाइसेन्स नम्बर, टाइमकार्डसमेत जाँच गर्ने सुविधा रहेको छ ।

प्रभावकारी सवारी व्यवस्थापन तथा सुरक्षित गन्तव्यका लागि यस एप्समा ट्राफिक सन्देश प्रवाह गर्ने व्यवस्थासमेत गरिएको छ । यो एप्स ओराकल कम्पनीको जाभा प्रोग्रामिङ ल्वाङ्ग्वेजको एन्ड्रोइड भर्सनमा विकास गरिएको हो । यो एप्स प्रयोगका लागि एन्ड्रोइड भर्सन ६ वा सो भन्दा माथिको मोबाइल फोन र इन्टरनेटको लागि मोबाइल डाटा वा कम्तिमा एक एमबीपीएस वाइफाइ सुविधा हुनुपर्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ९ : ४७ बजे

कालो बेलुन उडाउँदै विद्यार्थीले मागे गृहमन्त्रीको राजीनामा (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध विभिन्न विद्यार्थी समूहले कालो

वैशाख १ देखि ९ गतेसम्म विपद्का १ सय ६३ घटना, १६ जनाको मृत्यु 

काठमाडौं– २०८३ वैशाख १ गतेदेखि ९ गतेसम्म देशभर भएका विभिन्न

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व संकलन

जनकपुरधाम– यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ

सबैलाई साथमा लिएर १५औँ महाधिवेशन सफल बनाउँने छाैँ : सभापति थापा

मोरङ– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनलाई सफल

सांसदहरूलाई कुटनीतिक राहदानी दिन कानुन परिमार्जन गरिँदै

काठमाठौं– प्रतिनिधिसभा सदस्यहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराउन विद्यमान कानुन परिमार्जन