चेल्सीको पोस्टमा सिटीको ६ गोल, अग्युरोको ह्याट्रिक « Khabarhub

चेल्सीको पोस्टमा सिटीको ६ गोल, अग्युरोको ह्याट्रिक


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शनिबार लिभरपुल भन्दा ३ अंकले पछि परेको म्यानचेस्टर सिटी आइतबार चेल्सीलाई पराजित गर्दै पुनः शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति घरेलु मैदानमा चेल्सीविरुद्ध सर्जियो अग्युरोको ह्याट्रिक प्रेरित सिटीले चेल्सीमाथि ६—० को शानदार जित हासिल गरेपछि शीर्ष स्थानको लिभरपुललाई पछि पारेको हो ।

सिटीका लागि ह्याट्रिक नायकको पहिचान बनाएका अग्युरोले ह्याट्रिक गर्दा पाउल स्ट्रलिङले दुई गोल गरे भने पेपे गोन्डोगानले एक गोल गरेपछि सिटीले चेल्सीलाई फराकिलो अन्तरले पराजित गर्यो ।

शीर्ष स्थानको लिभरपुलसँगको दूरी घटाउने महत्वपूर्ण खेलका रुपमा हेरिएको चेल्सीसँगको खेलमा सिटीका खेलाडीले उत्कृष्ट लय समात्दै आफूलाई शीर्ष स्थानमा पुर्या‍उन सफल भए ।

जितसँगै सिटी र लिभरपुलको समान ६५—६५ अंक भएपनि गोलअन्तरका आधारमा सिटी शीर्ष स्थानमा पुगेको हो ।

घरेलु मैदानमा उत्साहित देखिएको सिटीका लागि स्ट्रलिङले खेलको चौथो मिनेटमा गोल गरेपछि टिमले १—० को अग्रता बनाएको थियो । १—० को अग्रता बनाएको सिटीका लागि अग्युरोले १३ औं र १९ औं मिनेटमा व्यक्तिगत २ गोल गर्दा सिटी सहज अवस्थामा थियो । त्यस्तै, सिटीका लागि २५ औं मिनेटमा गोन्डोगानले गोल गर्दा पहिलो हाफमा सिटीले ४—० को फराकिलो अन्तर बनाइसकेको थियो ।

५६ औं मिनेटमा चेल्सीका खेलाडीले सिटीका खेलाडीमाथि फाउल गर्दा पाएको पेनाल्टीमा अग्युरोले गोल गर्दै चेल्सीविरुद्ध ह्याट्रिक पुरा गर्दा टिम ५—० ले अघि रहेको थियो भने स्ट्रलिङले ८० औं मिनेटमा अर्को गोल थपेपछि सिटीले ६—० गोल अन्तरले चेल्सीलाई हरायो ।

जितहासिल गरेको सिटी शीर्ष स्थानमा उक्लिदाँ पराजित चेल्सीको ५० अंकसहित छैठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १२ : १७ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत