गिट्टी तथा बालुवाको कर महानगरपालिकाले उठाउने « Khabarhub

गिट्टी तथा बालुवाको कर महानगरपालिकाले उठाउने


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रत्ननगर-  गिट्टी तथा बालुवामामा लगाइँदै आएको कर अब भरतपुर महानगरपालिकाले उठाउने भएको छ । यसअघि सविकको जिल्ला विकास समितिले उक्त कर उठाउँदै आएको थियो ।

सङ्घीय सरकार गठन भएसँगै स्थानीय सरकारले गिट्टी तथा बालुवको राजश्व सङ्कलन गर्न पाउने भनिए पनि यसलाई कार्यान्वयन गराउन समय लागेकाले विगत सात महीनादेखि गिट्टी तथा बालुवा उत्खनन रोकिएको थियो ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७२ मा प्राकृतिक स्रोतबाट प्राप्त राजस्व सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारमा रहने उल्लेख छ ।

सो बमोजिम महानगरले प्राप्त राजस्वमध्ये ६० प्रतिशत उपयोग गर्न पाउनेछ भने छ भने ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्ने छ । गिट्टी तथा बालुवाको राजश्व सङ्कलनबाट करीब रू १० करोड राजश्व थपिने महानगरका कार्यकारीअधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

गत साउनदेखि बन्द भएको गिट्टी तथा बालुवाको राजस्व सङ्कलनका लागि बोलपत्र आह्वान प्रक्रिया अघि बढाइएकोे उनले बताए ।

महानगरले चालू आर्थिक वर्षका लागि रु ५५ करोड राजश्व सङ्कलनको लक्ष्य लिएकामा गिट्टी तथा बालुवाको राजश्व थप हुने भएपछि लक्ष्यमा पुग्न सकिने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  २ : ३१ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन