दक्षिण चीन सागरमा अमेरिकी युद्धपोत « Khabarhub

दक्षिण चीन सागरमा अमेरिकी युद्धपोत


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण चीन सागरको विवादित जल क्षेत्रमा अमेरिकाले नौसैनिक युद्धपोत पठाएको छ । दक्षिण चीन सागरमाचीनले आफ्नो भनी दाबीगर्ने टापुनजिक दुई अमेरिकी नैसैनिक युद्धपोत पुगेका हुन् । अमेरिकी युद्धपोत दक्षिण चीन सागरमा रहेको स्प्राट्ले टापु समूहमाअवस्थितमश्चिफ रिफ टापुको १२ नौटिकल माइलसम्मपुगेको जनाइएको छ ।

युएसएस स्पुरेन्स र युएसएस प्रेबल नामक अत्याधुनिक युद्धपोत दक्षिण चीन सागरको विवादित जलक्षेत्र पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्ला केही समययता अमेरिका र चीनबीच व्यापार युद्धका कारण सम्बन्धमा तिक्तता आइरहेका बेला दक्षिण चीन सागरमा अमेरिकी युद्धपोत पुगेका हुन् ।

अन्तर्राष्ट्रिय कानूनको अधिनमा रही अमेरिकी युद्धपोतले दक्षिण चीन सागरको भ्रमण गरेको र भविष्यमा पनि गरिरहने अमेरिकी नौसेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले दक्षिण चीन सागरका अधिकांश जलक्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । त्यसबाहेक दक्षिण चीन सागरका केही जलक्षेत्रलाई चीनबाहेक फिलिपिन्स, इण्डोनेशिया, ब्रुनाई, भियतनाम, मलेशियालगायतका मुलुकले पनि दाबी गर्दै आएका छन् ।

पछिल्ला केही वर्षयता चीनले दक्षिण चीन सागरमा बनाएका कृत्रिम टापुमा सैनिक उपकरण जडान गरेको पनि समाचार आउने गरेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ७ : ४४ बजे

भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब

वासिङ्टन – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत

टी-२० विश्वकप : बंगलादेशको टोली घोषणा

काठमाडौं – आईसीसी टी-२० विश्वकपका लागि बंगलादेशले टिम घोषणा गरेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

ला लिगा : शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाउँदै रियल

काठमाडौं – स्पेनिस ला लिगा तालिकाको पहिलो स्थानको बार्सिलोनासँग दोस्रो

मुस्ताङका दुई सरकारी कार्यालय ‘मर्ज’

मुस्ताङ – पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास कार्यालय