बीपी प्रतिष्ठानको अनुगमनमा पुगे गृहमन्त्री गुरुङ « Khabarhub

बीपी प्रतिष्ठानको अनुगमनमा पुगे गृहमन्त्री गुरुङ


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- गृहमन्त्री सुधन गुरुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै अस्पतालमा बिचौलियाको गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

अनुगमनका क्रममा उनले उपचारका लागि आउने बिरामीको सुरक्षा, स्वास्थ्य सेवाको सहजता र अस्पतालमा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखेका थिए।

गृहमन्त्री गुरुङले बिरामीको हितलाई केन्द्रमा राखेर स्वास्थ्य सेवा र सुरक्षालाई उच्च प्राथमिकता दिन प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिए। उनले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउनेजस्ता गतिविधि नियन्त्रण गर्न पनि आग्रह गरे।

सो अवसरमा प्रतिष्ठानकी उपकुलपति प्रा.डा स्मृति कार्की, निर्देशक इन्द्रकुमार बिचौलियालगायत पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेका स्वास्थ्य सेवा, सुधारका प्रयास र भावी योजनाबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए।

गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनको अवस्थाबारे समेत जानकारी लिए । उक्त सेवा सञ्चालनसम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन उनले निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको पनि अवलोकन गरेका छन्। उनी आजै इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  १ : २६ बजे

भारतमा लोकसभा सिट ५० प्रतिशत बढाउने प्रस्ताव

नयाँदिल्ली- भारत सरकारले लोकसभा र राज्य विधानसभाका सदस्य सङ्ख्या ५०

बीपी प्रतिष्ठानको अनुगमनमा पुगे गृहमन्त्री गुरुङ

सुनसरी- गृहमन्त्री सुधन गुरुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन

पेरुमा सैन्य हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

एजेन्सी – पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त

उपेन्द्र पौड्याललाई लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाडौँ- नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र

अभियन्ताले सुकुम्बासीलाई सडकमै खाना खुवाए (तस्बिरहरू)

भक्तपुर-भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीले शनिबार बिहान सडकमा