दक्षिण चीन सागरमा अमेरिकी युद्धपोत « Khabarhub

दक्षिण चीन सागरमा अमेरिकी युद्धपोत


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण चीन सागरको विवादित जल क्षेत्रमा अमेरिकाले नौसैनिक युद्धपोत पठाएको छ । दक्षिण चीन सागरमाचीनले आफ्नो भनी दाबीगर्ने टापुनजिक दुई अमेरिकी नैसैनिक युद्धपोत पुगेका हुन् । अमेरिकी युद्धपोत दक्षिण चीन सागरमा रहेको स्प्राट्ले टापु समूहमाअवस्थितमश्चिफ रिफ टापुको १२ नौटिकल माइलसम्मपुगेको जनाइएको छ ।

युएसएस स्पुरेन्स र युएसएस प्रेबल नामक अत्याधुनिक युद्धपोत दक्षिण चीन सागरको विवादित जलक्षेत्र पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्ला केही समययता अमेरिका र चीनबीच व्यापार युद्धका कारण सम्बन्धमा तिक्तता आइरहेका बेला दक्षिण चीन सागरमा अमेरिकी युद्धपोत पुगेका हुन् ।

अन्तर्राष्ट्रिय कानूनको अधिनमा रही अमेरिकी युद्धपोतले दक्षिण चीन सागरको भ्रमण गरेको र भविष्यमा पनि गरिरहने अमेरिकी नौसेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले दक्षिण चीन सागरका अधिकांश जलक्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । त्यसबाहेक दक्षिण चीन सागरका केही जलक्षेत्रलाई चीनबाहेक फिलिपिन्स, इण्डोनेशिया, ब्रुनाई, भियतनाम, मलेशियालगायतका मुलुकले पनि दाबी गर्दै आएका छन् ।

पछिल्ला केही वर्षयता चीनले दक्षिण चीन सागरमा बनाएका कृत्रिम टापुमा सैनिक उपकरण जडान गरेको पनि समाचार आउने गरेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ७ : ४४ बजे

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी