अपहरणमा परको २ घण्टामै बालिकाको उद्दार « Khabarhub

अपहरणमा परको २ घण्टामै बालिकाको उद्दार


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– प्रहरीले दाङबाट अपहरणमा परको दुई घण्टामै ३ वर्षीय एक बालिकाको उद्दार गरेको छ । अपहरणको सूचना आएलगत्तै खोजीका लागि जुटेको जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले अपहरणकारीको पञ्जाबाट बालिकाको स–कुशल उद्दार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार सोमबार दिउँसो २ बजे दाङको घोराही उपमहानगरपालिका–१५ स्थित कपासीमा डेरा गरी बस्ने २२ वर्षीया अस्मिता शाहीकी ३ वर्षीया छोरीको अपहरण भएको थियो । अपहरणको सूचनलगत्तै टोली खोजीमा जुटेको थियो ।

प्रहरीका अनुसार कोठाबाटै ती बालिकाको अपहरण भएको थियो । प्रहरीले उनको उद्दारसँगै अपहरणको आरोपमा घोराही उपमहानगरपालिका–९ ढिकपुरका २८ वर्षीय प्रयास चौधरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ६ : ०८ बजे

तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

काठमाडौं – प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका

धेरै नदीमा बाढीको जोखिम : चार दिनसम्म सचेत रहन आग्रह

काठमाडौं – आजदेखि देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने भएकाले

कुन कुन देशमा मनाइन्छ दसैं ?

काठमाडौं – हिन्दूहरूको महान पर्व दशै नेपालमा मात्र नभएर नेपाल

‘दसैंको खानपानमा विशेष ख्याल गर्नुपर्छ’

दसैं भन्ने बित्तिकै धेरै मीठो खानेकुरा भनेर धेरैले सम्झिन्छन्। दसैंमा

रातिदेखि भारी वर्षा हुने : दसैंमा बाढी, पहिरो र डुबानको जोखिम

काठमाडौं- आज रातिदेखि भारी वर्षा हुने क्रम बढ्ने भएकाले सावधानी