वैदेशिक रोजगारीमा पठाउने म्यानपावरलाई ६ करोड धरौटी ! « Khabarhub

वैदेशिक रोजगारीमा पठाउने म्यानपावरलाई ६ करोड धरौटी !


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदको कानून न्याय तथा मानव अधिकार समितिले वर्षमा ५ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीको धरौटी नगद २ करोड र बैंक ग्यारेन्टी ४ करोड गरी ६ करोड राख्नुपर्ने व्यवस्था गरेको छ ।

५ हजार भन्दा कम कामदार पठाउने म्यानपावरका हकमा नगद १ करोड र बैंक ग्यारेन्टी २ करोड गरी जम्मा ३ करोड धरौटी कायम गर्ने प्रस्ताव समितिले गरेको छ । वर्षमा ३ हजारसम्म कामदार पठाउने म्यानपावरका हकमा ५० लाख नगद र १ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था गरिएको छ । समितिले यसमा तीन तहको वर्गीकरण गरेको जानकारी दिएको छ ।

समितिको यो निर्णयसँगै वर्षमा सय जना कामदार विदेश पठाउन नक्ने म्यानपावर कम्पनी नै खारेज हुने भएका छन् । सरकारले केही नेपाल ऐन मार्फत् वैदेशिक रोजगार ऐनमा संशोधन गरेको संशोधन प्रस्तावमा सो व्यवस्था समितिले थप गरेको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए ।

त्यस्तै, समितिबाट पारित भएको विधेयकमा एकै घरका परिवारबाट सञ्चालित म्यानपावरहरू एक वषभित्रै मर्ज भइसक्नुपर्ने नभए स्वतः खारेज हुने व्यवस्था समेत गरिएको छ । समितिले सरकारले धरौटी बढाउन गरेको प्रस्तावमा पनि हेरफेर गरेका सांसद पोखरेलले जानकारी दिए ।

यसअघि म्यानपावर कम्पनी सञ्चालनका लागि धरौटी ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी थियो । धेरै मात्रामा म्यानपावर कम्पनी खुलेको, सेवाभन्दा पनि नाफा कमाउने हिसाबले सञ्चालनमा आएको, विदेशमा कामदारहरूलाई धेरै समस्या पर्ने गरेको भन्दै त्यसलाई व्यवस्थित र मर्यादित बनाउन भन्दै श्रम, रोजगार तथा सामाजिक सरक्षा मन्त्रालयले म्यानपावरको धरौटी बढाउने प्रस्ताव गरेको थियो ।

संसदको पूर्ण बैठकमा पेश भएर पारित भएपछि नयाँ व्यवस्था लागू हुने समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ६ : ५५ बजे

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य