हामी जे बोल्छौँ, त्यही गर्छौं : सभापति लामिछाने « Khabarhub

हामी जे बोल्छौँ, त्यही गर्छौं : सभापति लामिछाने


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि तुषारापात हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छठ पर्वका अवसरमा रास्वपाले आज जनकपुरधाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अब जनताका बीचमा आश्वासन र वाचापत्र बोकेर नभई परिणाम लिएर जाने बताए।

जनताले पार्टीलाई दिएको अपार विश्वासलाई खेरजान नदिने उल्लेख गर्दै सभापति लामिछानेले जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ ।’

पार्टीको विधि, विधान र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने उनले स्पष्ट पारे। रास्वपाले गरिब तथा विपन्न बस्तीमा टिकट नभई शिक्षा, स्वास्थ्य र रोजगारी पुर्‍याउने उद्देश्य राखेको उनको भनाइ थियो ।

 ‘यो ऐतिहासिक अवसर कुनै व्यक्तिलाई खुसी पार्न आएको होइन, जनताको अनुहारमा मुस्कान ल्याउन आएको हो’, उनले भने।

सभापति लामिछानेले जनताको हितका सवालमा आफ्नो पार्टीको सरकार भए पनि वा अर्को पार्टीको सरकार भए पनि सही कामको समर्थन र गलत कामको विरोध गर्ने बताए। यसलाई उनले आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा व्याख्या गरे। 

उनले सरकारले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न तल्लीन रहेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । रास्वपा सभापति लामिछाने दम्पती छठ पर्व मनाउन आज जनकपुरधाम आइपुगेका हुन् । 

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ५ : १४ बजे

हामी जे बोल्छौँ, त्यही गर्छौं : सभापति लामिछाने

जनकपुरधाम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति

ओलीको चेतावनी- पार्टीमै रहेर अन्य दललाई मत दिए कारवाही गरिने

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण, पूजाको तयारी पूरा

कपिलवस्तु- आस्था, श्रद्धा र सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका १० वटै

विराटनगरविरुद्ध टस जितेको लुम्बिनीले पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा लुम्बिनी लायन्स

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

जनकपुर– मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको