सँगै चियापान अनि गोली हानाहान « Khabarhub

सँगै चियापान अनि गोली हानाहान


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबलमा बसेर चिया खाइरहेका थिए ।

दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे । चन्द समूहका ओखलढुंगा इन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै गफिँदै गरेको कान्तिपुर दैनिकमा खबर छ ।

प्रत्यक्षदर्शीका अनुसार नीरकुमार दुई दिनयता चिया पसलमा आउने/जाने गरिरहेका थिए । बुधबार पनि बिहानै आएर अरु मान्छेसँग ‘हाईहेल्लो’ गरिरहेका थिए ।

करिब ८ बजे सञ्जीव आइपुगे । दुवैले ‘दाइभाइ’ को साइनो पनि लगाए । अभिवादन साटासाट गरे । सञ्जीव सुराकीका लागि चिया पसल छिरेका थिए । गफकै क्रममा नीरकुमारले सञ्जीवलाई भने, ‘विप्लवको पार्टीमा लाग्यो भन्दैमा किन खेदो गर्छौ ? पार्टीमा लाग्नु आस्थाको कुरा हो ।’

सञ्जीवले सहज ढंगले उत्तर फर्काए, ‘हामी दुवै राई भएकाले भाइभाइ हो । के गर्नु र?’

सञ्जीवले यति भनेपछि नीरकुमार पिसाब गर्न जाने भन्दै पसलबाट निस्किन खोजे । सञ्जीवले नीरकुमारको पाखुरा समाते । ‘गफ गरौँ, तपाईं कहाँ जान लागको ? अहिले अरु साथी आउँदै छन्,’ सञ्जीवको भनाई उद्धृत गर्दै प्रत्यक्षदर्शीले सुनाए ।

दुवैबीच तानातान भयो । तानातानकै क्रममा नीकुमार र सञ्जीव होटल बाहिर पुगिसकेका थिए । चन्द समूहका कार्यकर्ताले सञ्जीवलाई गोली प्रहार गरे । त्यति नै बेला सादा पोसाकमा हातहतियारधारी प्रहरी पनि घटनास्थल आइपुगे । प्रहरीले पनि नीरकुमारमाथि गोली प्रहार गरे ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ७ : ०२ बजे

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार