नाइजेरिया र सेनेगल अफ्रिका कप अफ नेशनको सेमिफाइनलमा « Khabarhub

नाइजेरिया र सेनेगल अफ्रिका कप अफ नेशनको सेमिफाइनलमा


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नाइजेरिया अफ्रिका कप अफ नेशन फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनल खेलमा दक्षिण अफ्रिकालाई २–१ ले पराजित गर्दै नाइजेरियाले अन्तिम चारमा स्थान बनाएको हो ।

नाइजेरियाको जितमा सामुएल चुक्वुएजे र विलियम ट्रुस्ट एकोङ्गले गोल गरे । दक्षिण अफ्रिकाका लागि बोङ्गानी जुङ्गुले गोल गरेका हुन् । २७ औँ मिनेटमा चुक्वुएजेको गोलबाट नाइजेरियाले पहिलो हाफमा सुरुवाति अग्रता लियो ।

७१ औँ मिनेटमा जुङ्गुले दक्षिण अफ्रिकाका लागि बराबरी गोल फर्काए । तर ८९ औँ मिनेटमा एकोङ्गले गोल गर्दै नाइजेरियाको जित निश्चित गरेका हुन् ।

यसैबिच सेनेगलले पनि सेमिफाइनलमा स्थान बनाएको छ । बेनिनलाई १–० ले पराजित गर्दै सेनेगलले अन्तिम चारमा स्थान बनाएको हो ।

सेनेगलको जितमा इद्रिसा गेईले ६९ औँ मिनेटमा गोल गरे । ८२ औँ मिनेटमा भेर्डन सीधै रातो कार्ड पाएर बाहिरिएपछि बेनिन १० खेलाडीमा सीमित भएको थियो ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ७ : ३३ बजे

जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवले दिए पत्रकारलाई धम्की, कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौं – जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी

‘गुण्डुमा जेएनको शरीरसँगै राजनीतिक आस्था र विश्वास पनि ढालियो’

काठमाडौं– नेकपा एमालेका नेता कर्णबहादुर थापाले बागमती प्रदेश संसदीय नेता