घोडा नचढे जरिवाना ! « Khabarhub

घोडा नचढे जरिवाना !


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माथिल्लो मनाङमा मोटरबाटो नपुग्दासम्म स्थानीयको सवारीसाधन घोडा थियो। बाटो बिस्तार शुरु भएयता मनाङीले घोडा बेच्दै मोटरसाइकल किन्न थाले। यसको असर मनाङ गाउँ र टंकीले मिलेर मनाउने परम्परागत यार्तुङ पर्वमा पर्‍यो। घोडा दौड गरेर मनाइने यो पर्वका सहभागी घटेको कान्तिपुर दैनिकमा खबर छ ।

यसपटक दुवै गाउँका अगुवाले जरिवानाको नियम बनाए। ‘यार्तुङमा सहभागी नहुनेलाई तीन हजार रुपैयाँ जरिवाना तोकिएको थियो,’ पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले भने, ‘पर्वमा युवा सहभागिता अनिवार्य होस् भन्नका लागि जरिवानाको नियमबनाइएको हो।’

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने दुवै गाउँले मिलेर मनाउँदै आएको यार्तुङ हिमाल पारिका जिल्लाको ठूलो पर्व हो। मनाङीका अनुसार तिब्बती भाषामा ‘यार’ को अर्थ बर्खा र ‘तो’ को घोडा हुन्छ। ‘यार्तो’ बाट अपभ्रंश भएर ‘यार्तुङ’ रहन गएको मानिन्छ। बर्खायाममा मनाइने पर्व कृषि कर्ममा हुने दुःख र परिश्रमका थकान मेटाउनका लागि भएको स्थानीय बताउँछन्।

यसपटक गाउँका अधिकांश युवा यार्तुङमा सहभागी भएर पाँच दिनसम्म घोडा दौडाए। १६ देखि ५५ वर्ष उमेर समूहका पुरुषले घोडा दौडाएका थिए। शनिबार शुरु भएको यार्तुङ बुधबार सम्पन्न भएको छ। यसपटक करिब सय जनाले घोडा दौडाएको गुरुङले बताए।

मनाङमा घोडा दौडाउन यस पटक पर्यटकीय पदमार्ग ५ हजार १६ मिटरको थोराङला भन्ज्याङ पास गरेर मुस्ताङबाट १३ जना युवा पुगेका थिए। ‘छिमेकी जिल्लाबाट पनि घोडा लिएर आएको देखेर यहाँका युवा हौसिए। यार्तुङ निकै रोमाञ्चक बन्यो,’ उनले भने। मुस्ताङीले खादामा पैसा बाँधेर भुइँमा राखेर घोडा दौडाई टिपेका थिए।

‘घोडामा चडेर भुइँको खादामा राखेको पैसा टिपेको अहिलेको यार्तुङमा विशेष बन्यो,’ उनले भने, ‘मनाङीले टिप्न सकेनन्।’ यार्तुङको घोडा दौड हेर्न पाउँदा स्वदेशी विदेशी पर्यटक रमाएका थिए।

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार पर्वले मनाङीमा खुसी ल्याएको छ। वर्षायाम सकिँदै गर्दा माथिल्लो मनाङका बासिन्दाले यो पर्व मनाउँछन्।

‘बाली लगाएपछिको थकान मेटाउन र रमाइलो गर्न बर्सेनि यार्तुङ मनाइन्छ,’ उनले भने। यसपटक यार्तुङको पहिलो, दोस्रो र तेस्रो दिन घोडा दौड गरिएको उनले बताए। चौथो दिन घोडचढीले पोचो गुम्बा गएर पूजा गर्नुका साथै रोटी र सगुन खाएर नाचगान गरेका थिए। अन्तिम दिन घोडा दौडाएपछि मनाङ गुम्बामा गई पूजा गरी फर्केर लामाबाट वाङ (अभिषेक) थापेर पर्वको समापन गरिएको थियो। स्थानीयले मनाङ र भ्राकाको सिमानामा घोडा दौडाएका थिए।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ८ : ०० बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२