तरकारी लिएर आएको भारतीय ट्रकमा आगजनी « Khabarhub

तरकारी लिएर आएको भारतीय ट्रकमा आगजनी


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भारतीय ट्रकमा आगजनीको प्रयास भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा आज बिहान आगजनीको प्रयास भएको छ ।

बिहान करीब ३ बजेतिर आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपि ४१ एटी २६९१ नम्बरको भारतीय मालबाहक ट्रकमा तीन युवाले तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्कुटरमा आएका युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् भने, पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए।

स्थानीयका अनुसार सलाइ ओसिएर नबलेपछि निजहरु भागेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १० : १७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन