कहिलेकाहीँ रुनुको फाइदा जान्न चाहनु हुन्छ ? « Khabarhub

कहिलेकाहीँ रुनुको फाइदा जान्न चाहनु हुन्छ ?


२६ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ रुँदा तपाईंलाई आनन्द आउँछ ? विशेष गरी रुइँ सकेपछि मानिसहरुलाई मनमा आनन्द आउँछ । तर रुवाइका पनि विभिन्न पोटोहरु हुन्छन् । रुनु ठीक हो भन्नु हुन्छ भने यसबारे बुझिराखौँ ।

रुनु ठीक हो भन्नुका केही कारण छन् । हामीले तीन प्रकारका आँशु उत्पादन गर्दछौँ । रिफ्लेक्स (प्रतिबिम्ब) आँशुले बिझाइरहेका वस्तु बाहिर निकाल्न सहयोग गर्छन् ।

आँखामै रहने तरल पदार्थ अर्थात आँशुले आँखा रसिलो राख्न सहयोग गर्छन् । तर रुवाइको आँशु तेस्रो प्रकारको हो । जसलाई भावनात्मक आँशु भनिन्छ । सबै आँशुमा एन्जाइम, प्राटिन र भावनात्मक आँशुका साथसाथै दुखाइ कम गर्ने इन्डोर्फिनजस्ता हर्मोनहरु पनि हुन्छन् ।

रुवाइले शरीरमा उत्पन्न तनाव कम गर्न सहयोग पुर्‍याउन सक्छ । रुवाईले मुटुको चाल सुस्त बनाइदिन्छ र तनाव उत्पन्न गर्ने हर्मोन समाप्त पारिदिन्छ ।

तर सबै रुवाइ फाइदाकारी भने हुँदैन । जो आफु एक्लै रुन्छन् र रोएकोमा ग्लानी महसुस गर्छन् । उनीहरु रोएपछि झन नराम्रो महसुस भएको बताउने गर्छन् । तर जसले साथ पाएको महसुस गर्छन्, उनीहरु रोएपछि राम्रो महसुस गर्दछन् ।

किनभने मान्छेहरु सामाजिक प्राणी हुन् । र आँशुले हामीलाई सहयोग पुर्‍याउन सक्छ । हामीले कुनै कुराप्रति कति लगाव राख्छौँ भन्ने सन्देश पनि त्यसले दिनसक्छ ।

रुँदा मानिसबीचको घनिष्टता बढाउन मद्दत पुग्न सक्छ । तनाव र दुखाइ कम हुन सक्छ । त्यसका लागि तपाईंले रुनै पर्छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  ४ : २० बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड