भक्तपुरको गठ्ठाघरमा एकैपटक ४ वटा बस ठोक्किए, १६ जना घाइते « Khabarhub

भक्तपुरको गठ्ठाघरमा एकैपटक ४ वटा बस ठोक्किए, १६ जना घाइते


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरनीको राजमार्ग (जडिबटी–सूर्यविनायक सडकखण्ड)अन्तर्गत भक्तपुरको गठ्ठाघरमा एउटा बसले अन्य ३ ओटा बसलाई ठक्कर दिँदा १६ जना घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले पछाडिबाट अन्य ३ वटा बसलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार तीब्र गतिमा रहेको बस अनियन्त्रित भएर अन्य बससँग ठोक्किन पुगेको थियो । उक्त बसले ना ६ ख ७१२५, बा ५ ख ४०२१ र बा ३ ख ७०९३ नम्बरका ३ बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बस ठक्करबाट अन्य ३ बसमा रहेका यात्रुसहित गरी १६ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय नागरिक अस्पताल र मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी भक्तपुर परिसरले जनाएको छ ।
ठक्कर दिने बसका चालक सिन्धुलीको गोलानचोर गाउँपालिका घर भएका दीपकराज ठकुरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १२ : २३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको