प्रिमियर लिगको नयाँ सिजनको ठूलो भिडन्त : युनाइटेड र चेल्सीबीच हेड टु हेडमा को अगाडि ? « Khabarhub

प्रिमियर लिगको नयाँ सिजनको ठूलो भिडन्त : युनाइटेड र चेल्सीबीच हेड टु हेडमा को अगाडि ?


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इंग्लिस प्रिमियर लिग (इपीएल) को नयाँ सिजन शनिबार राति लिभरपुल र नर्विच सिटीबीचको खेलसँगै शुरु भइसकेको छ । प्रिमियर लिगको पहिलो चरणका ७ खेल सकि सकेका छन् ।

आइतबार प्रिमियर लिगको पहिलो चरणमै दुई ठूला क्लब आमने सामने हुँदैछन् । यी दुई टोलीलाई यो नयाँ सिजनको प्रिमियर लिग उपाधि दाबेदार टोलीका रुपमा हेर्न थालिएको छ । फुटबल विश्लेषकहरुले दुई ठूला टोलीको शुरुवातमै खेल्नु पर्दा खासै मजा भने नआउने भन्दै विश्लेषण गर्दै आएका छन् ।

युनाइटेड र चेल्सीबीचको खेल नेपाली समय अनुसार राति सबा ९ बजे युनाइटेडको होम ग्राउण्ड ओल्ड ट्राफोर्डमा हुनेछ । युनाइटेड आफ्नो  होम ग्राउण्डमा चेल्सीलाई कमजोर साबित गर्ने लक्ष्यमा रहेको छ । यद्यपि युनाइटेडका स्टार खेलाडी पाउल पोग्वा ‘ब्याक पेन’ र एलेक्स सान्चेजको खुट्टाको गोली गाँठोमा चोट लागेपछि आइतबारको खेलमा मैदान उत्रिने वा नउत्रिने भन्ने स्पष्ट भइसकेको छैन ।

तर, आइतबारको खेलमार्फत यो सिजनबाट युनाइटेडसँग किर्तिमानी मूल्यमा क्लब भित्रीएका ह्यारी मागुइरीले भने डेब्यु गर्नेछन् ।

यता, चेल्सी पनि आफ्नो पहिलो खेलमा जीत हात पार्दै उत्कृष्ट शुरुवात गर्ने लक्ष्यमा रहेको छ । चेल्सीका पनि एनगोलो कान्टेको घुँडामा चोट लागेका कारण उनी युनाइटेडविरुद्धको खेलमा मैदान उत्रिन्छन् वा उत्रिदैनन् भन्ने आधिकारीक समाचार आउन सकेको छैन् भने रुवेन लुफ्टुस चेक, एन्टोइनो रुडिगर र कलुम ह्युडोसन ओडि अहिलेसम्म टिम बाहिर नै रहेका छन् ।

युनाइटेडले प्रिमियर लिगको इतिहासमै सन् १९५८ पछि लिगमा आफ्नो पहिलो खेल चेल्सीसँग, त्यो पनि घरेलु मैदानमै आयोजना गरेको यो पहिलो पटक हो । युनाइटेडले प्रिमियर लिगका पछिल्लो १३ खेलमा खेल खेल बराबरी र ५ खेलमा हार व्यहोरेको छ ।

तर, घरेलु मैदानमा भएका ६ खेलमा भने युनाइटेडले १ पनि हार व्यहोरेको छैन । जहाँ उसले ६ मध्ये २ खेलमा जीत हात पर्दा ४ खेल बराबरी खेलेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १२ : ४९ बजे

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित