प्रिमियर लिगको नयाँ सिजनको ठूलो भिडन्त : युनाइटेड र चेल्सीबीच हेड टु हेडमा को अगाडि ? | Khabarhub Khabarhub

प्रिमियर लिगको नयाँ सिजनको ठूलो भिडन्त : युनाइटेड र चेल्सीबीच हेड टु हेडमा को अगाडि ?


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इंग्लिस प्रिमियर लिग (इपीएल) को नयाँ सिजन शनिबार राति लिभरपुल र नर्विच सिटीबीचको खेलसँगै शुरु भइसकेको छ । प्रिमियर लिगको पहिलो चरणका ७ खेल सकि सकेका छन् ।

आइतबार प्रिमियर लिगको पहिलो चरणमै दुई ठूला क्लब आमने सामने हुँदैछन् । यी दुई टोलीलाई यो नयाँ सिजनको प्रिमियर लिग उपाधि दाबेदार टोलीका रुपमा हेर्न थालिएको छ । फुटबल विश्लेषकहरुले दुई ठूला टोलीको शुरुवातमै खेल्नु पर्दा खासै मजा भने नआउने भन्दै विश्लेषण गर्दै आएका छन् ।

युनाइटेड र चेल्सीबीचको खेल नेपाली समय अनुसार राति सबा ९ बजे युनाइटेडको होम ग्राउण्ड ओल्ड ट्राफोर्डमा हुनेछ । युनाइटेड आफ्नो  होम ग्राउण्डमा चेल्सीलाई कमजोर साबित गर्ने लक्ष्यमा रहेको छ । यद्यपि युनाइटेडका स्टार खेलाडी पाउल पोग्वा ‘ब्याक पेन’ र एलेक्स सान्चेजको खुट्टाको गोली गाँठोमा चोट लागेपछि आइतबारको खेलमा मैदान उत्रिने वा नउत्रिने भन्ने स्पष्ट भइसकेको छैन ।

तर, आइतबारको खेलमार्फत यो सिजनबाट युनाइटेडसँग किर्तिमानी मूल्यमा क्लब भित्रीएका ह्यारी मागुइरीले भने डेब्यु गर्नेछन् ।

यता, चेल्सी पनि आफ्नो पहिलो खेलमा जीत हात पार्दै उत्कृष्ट शुरुवात गर्ने लक्ष्यमा रहेको छ । चेल्सीका पनि एनगोलो कान्टेको घुँडामा चोट लागेका कारण उनी युनाइटेडविरुद्धको खेलमा मैदान उत्रिन्छन् वा उत्रिदैनन् भन्ने आधिकारीक समाचार आउन सकेको छैन् भने रुवेन लुफ्टुस चेक, एन्टोइनो रुडिगर र कलुम ह्युडोसन ओडि अहिलेसम्म टिम बाहिर नै रहेका छन् ।

युनाइटेडले प्रिमियर लिगको इतिहासमै सन् १९५८ पछि लिगमा आफ्नो पहिलो खेल चेल्सीसँग, त्यो पनि घरेलु मैदानमै आयोजना गरेको यो पहिलो पटक हो । युनाइटेडले प्रिमियर लिगका पछिल्लो १३ खेलमा खेल खेल बराबरी र ५ खेलमा हार व्यहोरेको छ ।

तर, घरेलु मैदानमा भएका ६ खेलमा भने युनाइटेडले १ पनि हार व्यहोरेको छैन । जहाँ उसले ६ मध्ये २ खेलमा जीत हात पर्दा ४ खेल बराबरी खेलेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १२ : ४९ बजे

आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

जनकपुरधाम– ‘जेनजी’ आन्दोलनका  क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक

‘उच्च मनोबलका साथ ट्राफिक व्यवस्थापनमा खटिसकेका छौँ’

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उच्च मनोबलका साथ ट्राफिक

जेन-जीका नाममा ध्वस्त एमाले केन्द्रीय कार्यालयमा फहराइयो देशकै ठूलो झण्डा

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको ललितपुरको च्यासलस्थित

चीनसँगको टिकटक सम्झौताका लागि निकै नजिक : अमेरिकी अर्थ प्रमुख

म्याड्रिड– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार म्याड्रिडमा दुई पक्षबीच व्यापार

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न : डा रुइत

काठमाडौं– वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने