बिजुलीको पोलमा एकाएक दन्कियो आगो « Khabarhub

बिजुलीको पोलमा एकाएक दन्कियो आगो


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार दिउँसो मध्य काठमाडौंको दरबारमार्ग क्षेत्रमा बिजुलीको पोलमा आगो लागेको छ ।

दरबारमार्गस्थित राइजिङ मलनजिक सडक छेउमा रहेको बिजुलीको पोलमा लागेको आगो निभाउन दमकल नै बोलाउनुपर्ने अवस्था सिर्जना भयो ।

आगो लागेको केही क्षणमै दमकल आइपुगेका कारण आगलागी नियन्त्रणमा आइसकेको छ ।

महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोली समेत आगो नियन्त्रणका लागि पुगेको थियो । प्रहरीका अनुसार बिजुलीको तार सर्ट हुँदा पोलमा आगो लागेको हो ।

विजुलीको पोलमा रहेका अन्य तारहरुका कारण आगलागीले ठूलो रुप लिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार समयमै दमकल नआएको भए आगलागीबाट ठूलै भौतिक क्षतिको खतरा थियो ।

यसअघि पनि राजधानीका विभिन्न ठाउँमा बिजुलीका पोलमा आगलागी हुँदै आएको छ ।

टेलिफोन, इन्टरनेट र केवल टिभी प्रदायकहरुले बिजुलीको पोलमा जथाभावी तार तान्दा यस्ता आगलागीका घटना हुने गरेका छन् ।

सरकारले बिजुलीको पोलबाट अव्यवस्थित रुपमा तानिएका तारहरु हटाउने अभियान नै चलाएको भएपनि त्यो प्रभावकारी बन्न सकेको छैन ।

अझै पनि यस्ता तारहरुका कारण काठमाडौं उपत्यकाका धेरै ठाउँमा आगलागीको जोखिम रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  २ : ५८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको