हङकङमा आइतबार पनि प्रदर्शन « Khabarhub

हङकङमा आइतबार पनि प्रदर्शन


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– अधिक स्वतन्त्रता र प्रजातन्त्रको माग गर्दै हङकङमा आइतबार पनि दशौं हजारले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले हङकङको ठाउँठाउँमा प्रदर्शन गरेका हुन् ।

प्रहरीले प्रदर्शनलाई गैरकानूनी भनेपनि त्यसको परवाह नगरी दशौं हजारको सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रेका हुन् । प्रदर्शनकारी र प्रहरीबीच हङकङका विभिन्न स्थानमा झडप भएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रुग्यास र रबरको गोली प्रहार गरेको र जवाफमा प्रदर्शनकारीले आगजनी, तोडफोड र ढुङ्गामुढा प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसबाहेक प्रदर्शनकारीहरु तीन दिनयता हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा शान्तिपूर्ण धर्नामा बसिरहेका छन् ।

दुई महिनाअघिबाट शुरु भएको प्रदर्शन समयसँगै हिंसात्मक बन्दै जाँदा त्यहाँ ठूलो राजनीतिक संकट देखा पर्दै गएको विश्लेषण गरिएको छ । प्रदर्शनकारीले हङकङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा माग्दै आएका छन् भने प्रहरीद्वारा प्रदर्शनकारीमाथि गरिएको हिंसात्मक व्यवहारको पनि स्वतन्त्र छानबिन हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ३ : ३७ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा