सिंहदरबार घेराउ गर्न गएका प्रदर्शनकारी प्रहरी नियन्त्रणमा (फोटो फिचर) « Khabarhub

सिंहदरबार घेराउ गर्न गएका प्रदर्शनकारी प्रहरी नियन्त्रणमा (फोटो फिचर)


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा प्रर्दशन गरिरहेका ‘आरक्षण बचाऔं’ आन्दोलनका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लोकसेवा आयोगले संविधान विपरित विज्ञापन खुलाएको दावी गर्दै आन्दोलनरत अगुवाहरुलाई आईतबार काठमाडौंको भद्रकालीमा प्रर्दशन गरिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रर्दशनकारीहरुले सिंहदरबार घेर्न भन्दै निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । त्यसअघि प्रहरीले निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रर्दशनकारीहरुलाई पटक–पटक माईकमार्फत सचेत गराएको थियो । यता, प्रर्दशनकारीहरुले भने शान्तिपूर्ण रुपमा प्रर्दशन गर्न पाउने दावी गरिरहेका थिए ।

भद्रकालीबाट प्रर्दशनकारीहरु सिंहदरबारतर्फ अघि बढेपछि प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको थियो । त्यस क्रममा प्रर्दशनकारीहरुले आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै प्रहरीविरुद्ध पनि चर्का नाराबाजी गरे ।

प्रहरीले नियन्त्रणमा लिएपछि प्रर्दशनकारीहरुले चर्का नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामासमेत माग गरेका थिए ।

आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले लोकसेवा आयोगले सरकारको सिफारिसमा खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध प्रर्दशनलाई निरन्तरता दिँदै आएका छन् ।

उनीहरुले लोकसेको विज्ञापन खारेज नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ४ : २३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल