उपनिर्वाचन ‘सक्रिय बहिस्कार’ गर्ने वैद्य माओवादीको घोषणा « Khabarhub

उपनिर्वाचन ‘सक्रिय बहिस्कार’ गर्ने वैद्य माओवादीको घोषणा


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आगामी मंसिरका लागि तय गरिएको उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ ।

मंसिर १४ गतेका लागि तोकिएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका उपनिर्वाचनहरुको वैद्य माओवादीले ‘सक्रिय बहिष्कार’ गर्ने निर्णय गरेको हो ।

यही साउन २१ देखि २३ सम्म राजधानीमा बसेको उक्त पार्टीको पोलिटब्युरो बैठकको निर्णयबारे महासचिव वैद्यले जारी गरेको प्रेस विज्ञप्तिमा सत्ता तथा व्यवस्था बदनाम हुँदै गएको वर्तमान अवस्थामा निर्वाचनको उपयोग गरेरभन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्नु उपयुक्त हुने भएकाले उक्त उपनिर्वाचन ‘सक्रिय बहिस्कार’ गर्ने निर्णय लिइएको उल्लेख छ ।

मंसिर १४ मा प्रतिनिधिसभातर्फ २, प्रदेशसभातर्फ बागलुङ २ (२), भक्तपुर १ (१) र दाङको ३ (२) निर्वाचन क्षेत्रमा उपनिवार्चन हुँदैछ । यस्तै ४२ स्थानीय तहमा पनि उपनिर्वाचन हुने छ ।

यसैगरी, हालै भारतले लिएको जम्मु–कश्मीरसम्बन्धी निर्णयको पनि वैद्य माओवादीले विरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ – ‘ब्रिटिस सरकारको प्रत्यक्ष उपनिवेशबाट मुक्त हुने सन्दर्भमा भारत र पाकिस्तानका बीचमा समेत विवादित रहँदै आएको जम्मू–कश्मीरको समस्या समाधान गर्ने प्रक्रियामा त्यहाँका जनतालाई विशेषाधिकार दिने गरी भारतको संविधानमा धारा ३७० र ३५ (ए) को व्यवस्था गरेर जम्मू–कश्मीरलाई भारतमा सामेल गराइएको थियो । वर्तमान भारत सरकारले हालै धारा ३७० र ३५ (ए) लाई खारेज गर्नुका साथै जम्मू–कश्मीरबाट लद्दाखलाई अलग गराउने जुन निर्णय गरेको छ, त्यसबाट त्यहाँका जनताप्रति गम्भीर विश्वासघात हुन गएको छ । हाम्रो पार्टी भारत सरकारको उक्त नीति र निर्णयको दृढ विरोध गर्दछ ।’

यस्तै वैद्य माओवादीले अमेरिकाद्वारा हिन्द प्रशान्त सैन्य साझेदारीको रणनीति अगाडि ल्याइएको स्थितिमा नेपाल सरकार त्यसमा सामेल हुन खोज्नु र अमेरिकाले नेपाललाई दिइने मिलेनियम च्यालेन्ज कम्प्याक्ट अनुदान अन्तर्गत ५० करोड अमेरिकी डलर लिने सरकारको निर्णयप्रति पनि विरोध गरेको छ ।

हेर्नुहोस् प्रेसवक्तव्य

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ४ : ४७ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री