हिन्दु समाजभित्र गोत्र के हो ? « Khabarhub

हिन्दु समाजभित्र गोत्र के हो ?


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

आफ्नो गोत्रका विषयमा धेरैलाई थाहा नहुन सक्छ । बाबु–बाजेले भनेको सुनेका भरमा केहीले आफ्नो गोत्र यो हो भनेर थाहा हुन्छ । नेपाली समाजमा अधिकांशले हिन्धु धर्म मान्दै आएकाले पनि गोत्र महत्वपूर्ण छ ।

गोत्रका विषयमा जानिराख्दा धेरै कुराको फाइदा हुन्छ । जस्तो कि सहगोत्री (एउटै गोत्र) भएकासँग विहे गर्न मिल्छ कि मिल्दैन ? कुन गोत्रसँग मितेरी गाँस्ने, कुन-कुन गोत्र कुन जाति अन्तर्गत पर्दछन् ? आदि विषयमा जानकारी लिनु जरुरी हुन्छ ।

नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता (ई.पू.) विश्वको प्राचीन सिंधु-घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो । यो हडप्पा सभ्यता र सिंधु-सरस्वती सभ्यताका नामले पनि बुझिन्छ, हिन्दूका विभिन्न थरहरू हुन्छन् । ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन् ।

उनीहरू आफू विभिन्न ऋषिमुनिका सन्तान भएको विश्वास गर्दछन् । त्यसैले उनीहरूका गोत्र पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित रहेका छन् । गोत्र उनीहरूको कुल छुट्याउने एउटा भरपर्दो आधार पनि हो । एकै जना बाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका मानिसहरूको बीच बिहावारी चल्दैन ।

हिन्दु समाजमा गोत्र शब्दले एक प्राचीन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ । जुन माथिबाट तल तिर क्रमशः अटुट रुपमा बढ्दै जान्छ । अर्थात एक पुरूषको छोरा, नाति, पनाति, खनाति हुँदै हजारौं हजार वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ ।

यसरी एक व्याक्तिबाट आरम्भ भएको वंश परम्परा अन्तर्गतका सबै सन्ततीहरू त्यही मुख्य पर-बाजेका सन्तान र उनीहरूको उत्पत्तिको परिचयलाई जनाउँन उनै प्राचिन पर-बाजेको नामलाई गोत्र मान्ने गरेको पाइन्छ । हिन्दू समाजमा गोत्र शब्दले एक पुरुषको अनवरत वंश परम्परालाई जनाउँछ ।

एक मुल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषिवंश नै गोत्र हो । अर्को शब्दमा भन्नुपर्दा गोत्र भन्नाले वैद्विक कालमा ऋषिमुनीहरूले आफ्ना सन्ततीहरूको पहिचानकालागि आफ्नो नामलाई संकेत शब्दको रुपमा प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको देखिन्छ ।

यसरी थालनी गरेको गोत्रलाई गोत्र पर्वर्तक ऋषिहरूका सन्तानहरूले आफ्नो कुल, वंशको पहिचानको आधार मान्ने गरेको देखिन्छ । यो प्रक्रिया हजारौं वर्षदेखि अनवरत रुपमा चल्दै आइरहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ५ : ४१ बजे

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने