पौडेल समूह पछि हटेपछि कांग्रेसमा जुट्यो सहमति | Khabarhub Khabarhub

पौडेल समूह पछि हटेपछि कांग्रेसमा जुट्यो सहमति


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस केन्द्रीय समिति बैठकले विधानअनुसारको पार्टीको तल्ला तहको संरचना सहमतिमै बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको कांग्रेसको जारी केन्द्रीय समिति बैठकले आगामी भदौ २० गतेभित्र प्रदेशतहसम्मका सबै संरचना गठन गर्नका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डाक्टर प्रशाशरण हमतले जानकारी दिए ।

उनले भने,‘आइतबार बसेको केन्द्रीय समिति बैठकले निर्देशिकाबारेको छलफल सर्वसम्मति गरेको छ । जसअनुसार साविकका वार्ड, गाउँ नगर, क्षेत्रीय समिति लगायतका संरचना थिए । साविकका निर्वाचित पदाधिकारीहरुलाई मिलाएर संघीय संरचनाअनुसारको पार्टी कमिटि गठन गर्ने निर्णय भएको छ ।’

उनले भदौ २० गतेअघि प्रदेश तहसम्मको सबै संरचना निर्माणका लागि केन्द्रीय प्रतिनिधि पठाउने निर्णय समेत भएको जानकारी दिए । उनले भने,‘भदौ २० गतेभित्र प्रदेश निर्वाचन क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय समिति र प्रदेश समितिसम्मको संरचना निर्माण गर्ने सहमति भएको छ । वार्ड, गाउँपालिका, नगरपालिकासम्मको संरचना कार्तिकभित्र टुङ्गो लगाउने सहमति भएको छ ।’

कांग्रेसको विधानअनुसारको पार्टीको संरचना निर्माण कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा कांग्रेसभित्र लामो समय विवादको रुपमा रहेको थियो । तर आइतबार बसेको केन्द्रीय समिति बैठकमा पार्टीको तल्ला तहको संरचना निर्माण गर्दा अहिले कायम रहेका तल्ला कमिटि समेतलाई समायोजन गर्ने गरी अन्तरिम व्यवस्थाअनुसार बनाउने सहमति भएको हो ।

सहमतिमा नभई चुनावको माध्यमबाट पार्टीको संरचना निर्माण गर्नुपर्ने भन्दै लामो समयदेखि वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरु बहश चलाएपनि अन्ततः उनीहरुले एजेण्डा छाडेपछि सहमति भएको हो ।

पार्टीको १४ औँ महाधिवेशन समयमै गर्नका लागि सहमतिमा संरचना निर्माण गर्ने विषयमा सहमत भएको वरिष्ठ नेता पौडेलले बताए ।

उनले भने,‘निर्देशिका सहमतिले पारित भयो । सबै संरचना निर्माण त्यही निर्देशिकाअनुसार गठन हुन्छ । सहमतिमै संरचना निर्माण नगर्दा फेरी अर्कोपटक पनि चुनाव गर्नुपर्ने भएका कारण र समयमै महाधिवेशन गर्नका लागि सहमतिमै संघीय संरचनाअनुसारको पार्टी कमिटि निर्माण गर्ने सहमति भएको छ ।’

जेठ २२ गतेदेखि शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले नियमावली संशोधन गरी पारित गर्ने जिम्मा मस्यौदा समितिलाई नै दिने निर्णय यसअघि नै गरेको छ । विभिन्न १४ वटा विषयमा छलफल गर्न भन्दै बोलाइएको बैठकमा अब भ्रातृ संगठनको नेतृत्व चयनका विषयमा छलफल गरिनेछ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : ४६ बजे

वैदेशिक रोजगारका क्रममा गर्भवती हुने महिला ‘नेपाली पुरुष’ बाटै शोषणमा

काठमाडौं– वैदेशिक रोजगारका क्रममा गर्भवती भएर फर्किने अधिकांश महिला नेपाली

नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना

काठमाडौं– नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको