राष्ट्रिय महिला टोलीले नक्सालमा अभ्यास गर्ने | Khabarhub Khabarhub

राष्ट्रिय महिला टोलीले नक्सालमा अभ्यास गर्ने


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीको अभ्यास नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयको मैदानमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अब महिला टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी नक्सालमा गर्ने जानकारी दिएको हो ।

यसअघि असार १२ गतेदेखि महिला टोली सातदोबाटोस्थित एन्फा मैदानमा अभ्यासरत थियो । तर असार १६ गतेदेखि सागकै अभ्यासका लागि यु–२३ पुरुष टोली पनि अभ्यासमा जुटेपछि यी दुई टोलीले मैदान बाँडेर अभ्यास गर्दै आएका थिए ।

दुवै टोलीको साझँ ५ देखि ७ बजेसम्मको अभ्यास तालिका भएपछि दुई टिमले आधाआधा मैदानमा अभ्यास गर्दै आएका थिए ।

मैदान अभावको विकल्पमा एन्फाले महिला टोलीको अभ्यास नक्सालमा गर्ने तयारी गरेको हो । महिला टोलीको अभ्यास समय भने पुरानै तालिका अनुसार रहेको एन्फाले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : ४६ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस