त्रिशुलीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो | Khabarhub Khabarhub

त्रिशुलीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- गत शुक्रबार त्रिशुलीमा खसेर भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाट नजिकै पृथ्वी राजमार्गमा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७४६९ नम्बरको न्यू सृष्टि डिलक्स बस गत शुक्रबार बिहान त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका ३ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ भने १३ जना विभिन्न अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ, ईलाका प्रहरी कार्यालयहरु बेनिघाट तथा गजुरी र प्रहरी चौकी जोगीमाराबाट समेत प्रहरी टोली खटी गई उद्दार कार्यमा जुटेको थियो ।

दुर्घटनामा मृत्यु भएका ९ जनाको शव आफन्तलाई बुझाइएको छ भने तनहुँ देवघाट गाउँपालिका-५ घिनटारस्थित बन्दै गरेको पुलमुनी फेला परेको करिब ४५ वर्षीय पुरुषको शव सनाखत हुन बाँकी रहेको छ ।

काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेका घाइतेहरुमा भारत सितामढी घर हुने ४० वर्षीय धिरेन्द्र कुमार, सर्लाही कविलास नगरपालिका-४ बस्ने ३२ चर्षीय विजय यादव र सर्लाही हरिहर घर हुने बस चालक ४० वर्षीय जिवन विक रहेका छन् । उनीहरुमध्ये चालक विकको अवस्था गम्भीर रहेको छ भने अन्य २ जना बोल्न सक्ने अवस्थामा छन् ।

सर्लाही मलंगवाबाट आएको उक्त बसमा चालक, सहचालक, कन्डक्टर र यात्रु गरी ४१ जना सवार रहेको भन्ने बुझिएको छ । दुर्घटनामा परी बेपत्ता भएका अन्य व्यक्तिहरुको खोजी तथा उद्दार कार्य एवं थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : ४६ बजे

दसैँमा सुनसान बन्दीपुर, आन्दोलनपछि घटे पर्यटक

दमौली– विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो ।

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर– प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री

हराएका हातहतियार फिर्ता गर्न गृहको आग्रह

काठमाडौं– गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको

रेड नोटिस जारी भएकी एक महिला युएईबाट पक्राउ

काठमाडौं– प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक

नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक टी-२० सिरिज : पहिलो भिडन्त शनिबार

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट