भ्रमण वर्षको प्रभावकारी प्रचार गर्न पर्यटनमन्त्रीको आग्रह « Khabarhub

भ्रमण वर्षको प्रभावकारी प्रचार गर्न पर्यटनमन्त्रीको आग्रह


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत नेपाल भ्रमण वर्ष २०२०, अभियानको प्रभावकारी प्रचारका लागि आम समुदायलाई आग्रह गरेका छन्।

नेपाल भ्रमण वर्ष मूल आयोजक समितिका संयोजकसमेत रहेका मन्त्री भट्टराईले भ्रमण वर्षलाई प्रारम्भिक रुपमा सहयोग पुर्‍याउनका लागि वेब साइट, फेसबुक, ट्विटर र इन्स्टाग्राममा भ्रमण वर्षको लोगो राखिदिन आग्रह गरे । आज एक विज्ञप्ति जारी गर्दै भ्रमण वर्ष अभियानलाई सफल बनाउन सबैको सहयोग, समन्वय र सहकार्यको अपेक्षा रहेको मन्त्री भट्टराईले उल्लेख गरेका छन्।

‘स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ, दिदीबहिनीले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई प्रारम्भिक रुपमा सहयोग गर्नका लागि सामाजिक सञ्जाललगायतमा यस अभियानको लोगो राखी दिनहुन तथा सार्वजनिक एवम् निजी क्षेत्रका सङ्घसंस्थाले पनि यस कार्यलाई उत्साहका साथ दिनहुन हार्दिक अनुरोध गर्दछु’, मन्त्री भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भट्टराईले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १० : २८ बजे

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६