उपनिर्वाचनमा भोट हाल्ने मतदाता ४ लाख ६७ हजार « Khabarhub

उपनिर्वाचनमा भोट हाल्ने मतदाता ४ लाख ६७ हजार


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि ३७ जिल्लामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको जनाएको छ ।

आयोगले विभिन्न ३७ जिल्लामा हुने उपनिर्वाचनका लागि १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको बताएको हो । आयोगले मतदाता नामावलीउपर दाबी विरोधसमेत आह्वान गरेको छ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार १ असोजमा हरेक वडामा रहेको सहायक नाम दर्ता अधिकारीको कार्यालयमा नामावली प्रकाशन गरिने, २ असोजमा सो नामावलीमा दोहोरो नाम परेको हटाउन तथा त्रुटि भएको सच्याउन निवेदन लिनेलगायतका काम गरी ६ असोजमा पुनः नामावली अद्यावधिक गरिनेछ।

यसैगरी, ८ असोजमा हटाइएको नाम सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको वडा कार्यालयमा टाँस्ने तथा सोही दिन अद्यावधिक गरिएको नाम प्रकाशन गर्ने र ८ देखि १० असोजसम्म अद्यावधिक गरिएको नाम जिल्ला निर्वाचन कार्यालयमा बुझाइने आयोगले जनाएको छ।

आयोगले उपनिर्वाचनका लागि दल दर्ता आह्वान यसअघि नै गरिसकेको छ । आयोगले विभिन्न ५१ पदमा हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि भदौ मसान्तसम्म दल दर्ताका लागि समय दिएको हो।

आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४२ गरी कुल ५१ रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ।

आयोगले उपनिर्वाचनका लागि कतिपय आवश्यक सामग्री पहिले निर्वाचनमा प्रयोग गरिएकालाई नै प्रयोग गर्न सकिनेसमेत जनाएको छ। यसैगरी, उपनिर्वाचन गराउन आयोगले करिब ३९ करोड रकम आवश्यक पर्ने बताउँदै आएको छ । अर्थ मन्त्रालयले उपनिर्वाचनका लागि २५ करोड निकासा गरिसकेको छ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ७ : २४ बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा