अमेरिकाले कहिल्यै नबिर्सने दिन सेप्टेम्बर-११ « Khabarhub

अमेरिकाले कहिल्यै नबिर्सने दिन सेप्टेम्बर-११


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शक्ति राष्ट्र अमेरिकाका लागि सेप्टेम्बर-११ एक नबिर्सने दिन हो । सन् २००१ को सेप्टेम्बर ११ तारिखमा १९ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेरिकी विमानहरु अपहरण गरेर दुईलाई न्यूयोर्कस्थित वर्ल्ड टावर सेन्टरका जुम्ल्याहा भवन, वासिङ्टनस्थित अमेरिकी सरकारको परराष्ट्र मन्त्रालय रहेको पेन्टागन र पेन्सिल्भानियामा रहेको स्यांक्सभिलेमा ठोक्काएका थिए ।

उक्त आतंकवादी आक्रमणमा न्यूयोर्क, भर्जिनिया र पेन्सिल्भानियाका जम्माजम्मी दुई हजार नौ सय ७७ जनाको मृत्यु भएको थियो जसमध्ये १९ अपहरणकर्तासमेत थिए । घटनाको जिम्मेवारी आतंककारी संगठन अल कायदाले लिएको थियो ।

अमेरिकामा भएको त्यो आतंकवादी आक्रमणले विश्व राजनीतिकै परिदृश्यमा आमूल परिवर्तन ल्याइदियो । संयुक्त राज्य अमेरिकाविरुद्ध धर्म युद्ध घोषणा गरेका अल कायदका नेता ओसामा विन लादेन अपहरणकारीका सञ्चालक मानिए । १९ जना अपहरणकारीमध्ये १५ जना साउदी अरेबियाका थिए । बाँकी युएई, इजिप्ट र लेबनानका थिए ।

लोवर म्यानहट्टनमा अवस्थित वल्र्ड ट्रेड सेन्टर सातवटा भवन रहेको कम्प्लेक्स थियो । यसमा व्यावसायिक संस्थाका कार्यालयहरु थिए । १९७० को दशकमा निर्माण गरिएको यो कम्प्लेक्समा १३ सय फिट उचाइसम्मका जुम्ल्याहा भवनहरू विश्वकै अग्ला भवन मानिन्थे ।

वर्ल्ड ट्रेड सेन्टर रहेको ठाउँमा अहिले ‘नेसनल सेप्टेम्बर ११ मेमोरियलल्यान्ड म्युजियम’ र १ हजार सात सय ७६ फुट अग्लो एक वल्र्ड ट्रेड सेन्टर छ । पेन्टागनमा भने बहिरंग स्मृति केन्द्र छ ।

हेर्नुहोस सेप्टेम्बर-११ लाई सम्झाउने तस्वीर

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ७ : ५२ बजे

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले