नागरिकता र राहदानी लिनेको सङ्ख्या बढ्यो « Khabarhub

नागरिकता र राहदानी लिनेको सङ्ख्या बढ्यो


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ-वर्षैपिच्छे नागरिकता र राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा १० हजार पाँच नेपाली नागरिकता वितरण गरेको छ । कार्यालयले वंशजका आधारमा १० हजार पाँच र वैवाहिक अङ्गीकृत २० गरी कूल १० हजार २५ नागरिकता वितरण गरेको हो ।

त्यसैगरी, पाँच हजार ६७९ ले प्रतिलिपि लिएका छन् । त्यस्तै चार जनाले नागरिकता परित्याग गरेका छन् भने एकको नागरिकता रद्द गरिएको प्रशासन शाखाका सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर आलेले जानकारी दिए । त्यस्तै कार्यालयले गत साउन मसान्तसम्म ९०२ नागरिकता वितरण गरेको छ । वंशजका आधारमा ९०२ र दुई वैवाहिक अङ्गीकृत रहेका सो कार्यालयले जनाएको छ । साउनमा मात्रै नाबालक परिचयपत्र ५६ लाई प्रदान गरिएको छ ।

कार्यालयले पछिल्लो समय स्थानीयवासीलाई सहज सेवा प्रदान गर्न गाउँमै घुम्ती शिविर राखेर सेवा प्रवाह गर्दै आएका कारण जिल्ला प्रशासन कार्यालयमा आई नागरिकता बनाउने सङ्ख्यामा कमी आएको छ । जिल्लाका १० वटै स्थानीय तहमा हरेक महीनाको एक पटक नागरिकता घुम्ती शिविर सञ्चालन गर्ने योजनाअनुरुप शिविर गरिँदै आएको कार्यालयका प्रशासकीय अधिकृत रामप्रसाद ढकालले बताए ।

राहदानी वितरण

जिल्ला प्रशासन कार्यालयले आव २०७५/७६ मा चार हजार ९०७ लाई राहदानी वितरण गरेको छ । कार्यालयले जिल्लाबाट सिफारिश भएका छ हजार १०५ लाई राहदानी प्रदान गरेको छ भने दुई हजार २१९ ले द्रुतसेवामार्फत सिफारिस भई काठमाडौंबाट राहदानी लिएका छन् । कार्यालयका अनुसार पछिल्लो समय दैनिक २५/३० जनाको हाराहारीमा सेवाग्राही राहदानीका लागि कार्यालय आउने गरेका प्रशासकीय अधिकृत ढकालले बताए।

केही युवापिँढी अध्ययनका लागि र केही वैदेशिक रोजगारीका लागि राहदानी बनाउन आउने गरेका छन् । उनले भने, ‘कार्यालयमा गत वर्षको तुलनामा यस वर्ष राहदानी बनाउन आउनेको सङ्ख्या बढ्दै गएको छ ।’ उनका अनुसार कार्यालयले २०७६/७७ को साउन मसान्तसम्म ५३६ लाई राहदानी प्रदान गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ९ : १५ बजे

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न