डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकार बोल्टन पदबाट बर्खास्त « Khabarhub

डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकार बोल्टन पदबाट बर्खास्त


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट हटाइदिएका छन् ।

पछिल्लो ३ वर्षमा राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट हटाइनेमध्ये बोल्टन तेस्रा व्यक्ति हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस (राष्ट्रपति कार्यालय)लाई अब बोल्टनको सेवाको आवश्यकता नरहेको बताएका छन् । बोल्टनका धेरै निर्णयप्रति आफ्नो घोर आपत्ति रहेको पनि ट्रम्पले उल्लेख गरेका छन् ।

तर, बोल्टनले भने आफूले राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट राजीनामा दिएको दाबी गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पले सन् २०१८ को अप्रिलमा बोल्टनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पदमा नियक्त गरेका थिए । बोल्टन माइकल फ्लिन र एचआर मेकमास्टर पछि राष्ट्रपति ट्रम्पका तेस्रो राष्ट्रिय सुरक्षा सल्लाहकार हुन् ।

बीबीसीका अनुसार अफगानिस्तानको विषयलाई लिएर राष्ट्रपति ट्रम्पले बोल्टनलाई पदमुक्त गरेका हुन सक्छन् । तालिबान नेतासँगको प्रस्तावित शान्ति वार्ता रद्द गर्ने ट्रम्पको निर्णयप्रति बोल्टनले आलोचना गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ११ : ३७ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार