व्यवसायीको मनोमानी– पाँच किलोमिटरको भाडा रु १३० ! « Khabarhub

व्यवसायीको मनोमानी– पाँच किलोमिटरको भाडा रु १३० !


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी– बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् ।

बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा असुलेका हुन् । सो सडक आसपासका थाकनपोखरी, डाँडाबारी, छापा, फुर्केसल्ला, कुँडुले, डाँडाखेत, सिस्नेराका बासिन्दा व्यवसायीको मनोमानीबाट ठगिएका छन् ।

महारानी थानदेखि डाँडाखेत हुँदै ठूलोखोलासम्मको कृषि सडकको दूरी ११ किलोमिटर छ । बेनीदेखि डाँडाबारीसम्मको २.५ किलोमिटर, फुर्केसल्ला पाँच किलोमिटर र डाँडाखेत सिस्नेरा आठ किलोमिटर छ । सो सडकमा राजन बानिया र शङ्कर किसानले जिपमार्फत यातायात सेवा दिँदै आएका छन् ।

सो सडकमा प्रतिकिलोमिटर रु १५ का दरले भाडादर कायम भएको थियो तर उनीहरूले पाँच किलोमिटर दूरीको फुर्केसल्लासम्म यात्रा गरेको रु १३० लिने गरेका छन् ।

बेनी नगरपालिका–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बढी भाडा असुलेको गुनासोका बारेमा उपभोक्ताले लिखित उजुरी गरेको बताए ।

वडा अध्यक्ष पौडेलले बेनीदेखि डाँडाखेत जोड्ने सडकमा रु १०० प्रतिव्यक्ति भाडा कायम भएकोमा आफैँलाई समेत व्यवसायीले रु १३० लिएको बताए । बेनी–दरवाङ सडकको बेनीदेखि ठूलोखोलासम्मको विकल्प मानिएको यो सडकबाट बेनी नगरपालिका–४, ५ र ६ का बासिन्दाले सेवा लिँदै आएका छन् ।

यस क्षेत्रमा २०० भन्दा बढी घरधुरीको बसोबास छ । पछिल्लो केही वर्षयता यो सडकलाई करोडौँ रकम खर्चेर स्तरोन्नति पनि गरिएको छ ।

यातायात व्यवसायी बानियाँले डिजेलको मूल्य बढेको र कच्ची सडक भएसँगै गाडीको इञ्जिन बिग्रने, मर्मत खर्च बढी लाग्ने भएकाले आफूहरुले भाडा बढाएको प्रतिक्रिया दिए । गाडीमा नचढ्ने मोटरसाइकल भएकाले स्थानीयलाई आफूहरुका विरुद्ध उचालेको उनको भनाइ छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले लिखितरूपमा तोकिएकोभन्दा बढी भाडा लिएको विषयमा उजुरी नआएको र त्यस्तो सूचना पाएमा कारवाही गरिने बताए । म्याग्दीका अन्य ग्रामीण सडकमा चल्ने सवारी साधनहरुले पनि मनोमानी हिसाबले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको जनगुनासो छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १ : ४१ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको