गाैशाला क्षेत्रमा चक्रपथ विस्तार ‘गर्न नमिल्ने’, बौद्धलाई समेट्न कोटेश्वरबाट जडिबुटीतर्फ लैजान माग « Khabarhub

गाैशाला क्षेत्रमा चक्रपथ विस्तार ‘गर्न नमिल्ने’, बौद्धलाई समेट्न कोटेश्वरबाट जडिबुटीतर्फ लैजान माग


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माणका विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सर्वेक्षण गरी प्रतिवेदन तयार पारिरहेकाले गुरुयोजना निर्माणमा ढिलाइ भएको बताएका छन् । सदस्य सचिव ढकालले चैत मसान्तसम्म गुरुयोजना तयार पार्ने गरी काम अघि बढाइएको उहाँले संसदीय समितिलाई जानकारी दिएका छन् ।

‘कोटेश्वरबाट गौशाला हुँदै चाबहिल निस्कने चक्रपथ १२ लेनमा विस्तार गरिने भन्ने सुन्नमा आएको छ, विमानस्थलबाट चावहिलसम्म पशुपति क्षेत्र पर्छ, तिलगङ्गाबाट चाबहिलसम्म महत्वपूर्ण सांस्कृतिक सम्पदा छन्, सयौँ वर्ष पुराना पुरातात्विक महत्वका यी सम्पदा भत्काउन मिल्दैन, यसैले चक्रपथलाई कोटेश्वरबाट जडीबुटी हुँदै बौद्धलाई पनि भित्र पारेर चक्रपथ लैजान गुरुयोजनामा प्रस्ताव गर्दैछौँ,’ बुधबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सदस्य सचिव ढकालले भने ।

सम्पदा क्षेत्रबाट ठूला सवारी आवागमन हुँदा जयवागेश्वरी, निर्वाणेश्वर/निर्वाणेश्वरी, धन्दो चैत्यलगायत पुरातात्विक संरचमा ध्वनि एवं धुलोले असर गरेकाले पनि चक्रपथ सार्नुपर्ने कोषको माग छ । पशुपति क्षेत्रका सम्पदा सार्न नमिल्ने भएकाले चक्रपथ सार्न पहल गरिदिन पनि उgले समितिका सांसदहरुसँग अनुरोध गरेका छन् ।

गुरुयोजना निर्माण समिति संयोजक एवं कोषका पूर्वसदस्य सचिव चेतोनाथ गौतमले कम्तीमा आगामी ५० वर्षसम्मलाई हेरेर पशुपति क्षेत्रको गुरुयोजना बनाउन लागिएको सुनाए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको ध्रुवस्थलीबाट संरक्षित स्मारक क्षेत्र शुरु हुन्छ । यहीँ नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका विस्तारका क्रममा संरचना बनाउन लागेको सुनिएकाले छलफल गरेर मात्र अघि बढ्नुपर्ने पूर्वसदस्य सचिव गौतमको भनाइ थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ४ : ०६ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप