स्थानीय तहमा प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा « Khabarhub

स्थानीय तहमा प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालीम केन्द्रको स्थापना सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेशन र स्वीस् सङ्घीय प्रविधि अध्ययन संस्थानको सहकार्यमा आयोजित प्राविधिक, व्यावसायिक शिक्षा तथा तालीमसम्बन्धी दुई दिने अन्तरराष्ट्रिय सम्मेलनको बुधबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, “नेपाल सरकारले सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालीम केन्द्रको स्थापना प्राथमिकतामा राखेको छ, जसबाट ज्ञान–सीपयुक्त जनशक्ति उत्पादन हुन्छ र समृद्धमुलक बनाउन ठूलो मद्दत गर्नेछ ।”

ज्ञान–सीपयुक्त युवा जनशक्तिले मात्रै सुदृढ व्यवस्थापन र सुशासन कायम राख्न सक्षम हुने उनले दावी गरे । विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका मन्त्री पोखरेलले विकासशील मुलुकका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाका आवश्यकता रहेकाले सबै स्थानीय तहमा यससम्बन्धी तालीम केन्द्रको स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, “नेपालजस्तो मध्य आय भएको देशलाई प्राविधिक तथा व्यावसायिक शिक्षाको आवश्यकता महत्वपूर्ण रहन्छ ।” युवा जनशक्तिका लागि ज्ञान र सीप भविष्य निर्माणको मुख्य कडीका रुपमा रहने उनको धारणा थियो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले विकासको प्रमुख आधार नै प्राविधिक तथा व्यावसायिक शिक्षा रहेको उल्लेख गर्दै भने, “नेपाली शिक्षा सामाजमा स्थापित हुनमात्रै भयो, यस कारण हजारौँ युवा विदेशीय, हामीले समृद्ध नेपाल बनाउने जनशक्ति उत्पादन गर्ने शिक्षाको परिकल्पना गर्नुपर्दछ ।”

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १० : ३० बजे

प्रादेशिक कला प्रदर्शनी: पुस मसान्तभित्र कलाकृति बुझाउन आग्रह

काठमाडौं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशका सातै प्रदेशमा हुने प्रादेशिक

भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी

नयाँ दिल्ली- भारतले देशको मध्य क्षेत्रमा लामो समयदेखि चलिरहेको विद्रोहलाई

अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न संस्कृति मन्त्रालयको आह्वान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी चैत १५

नागार्जुन काव्यगोष्ठीमा वरिष्ठ समालोचक डा पोखरेलसहितका श्रष्टा सम्मानित

काठमाडौं– नागार्जुन वाङ्यमय प्रतिष्ठानले वरिष्ठ समालोचक एवं भाषाविद् प्रा डा माधवप्रसाद

मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण

काठमाडौं– मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण- मुस्ताङ र मनाङमा