जण्डिस निको पार्ने भन्दै झाँक्रीले बिरामीको पेट चिरेपछि « Khabarhub

जण्डिस निको पार्ने भन्दै झाँक्रीले बिरामीको पेट चिरेपछि


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– तान्त्रिक विधिबाट कमलपित्तको उपचार गर्ने भन्दै एक जना लामा झाँक्री ले बिरामीको पेट चिरेपछि अवस्था गम्भीर बनेको छ ।

नीलकण्ठ नगरपालिका–३ का गजबहादुर लामाले नीलकण्ठ नगरपालिका–९ झगरेका ३९ वर्षीय राजु मगरको गत भदौ १५ गते उपचारका नाममा पेट चिरेको उनकी श्रमतीले बताइन् ।

धादिङको नीलकण्ठ नगरपालिका–३ का झाँक्रीले बिरामीको पेट चिरेपछि मगरलाई उपचारका लागि धादिङ जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । जिल्ला अस्पताल धादिङले अस्पतालमा उपचार सम्भवन नदेखेपछि उनलाई थप उपचारका लागि काठमाडौंको विर अस्पतालमा रिफर गरेको छ ।

करीब दुई महिनादेखि कमलपित्तले थलिएका उनलाई कमलपित्तसँगै झाँक्रीले चिरेको घाउसमेत पाकेपछि वीर अस्पतालमा पठाइएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।

कलेजोको समस्यासमेत देखिएकाले थप उपचार आवश्यक भएको र सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था भएपछि काठमाडौं पठाइएको जिल्ला अस्पतालले जानकारी दिएको हो ।

कमलपित्तको भएपछि मगर झाँक्रीकामा उपचार गराउन गएका थिए । उपचारका क्रममा यस किसिमको रोग आफूले धेरैको निको पारेको भन्दै विकार तानेर निको पर्ने झाँक्रीले बताएका थिए । झाँक्रीले बिरामीको विकार तानेको भनेर बिरामीसँग रु आठ हजार ३८० रकम लिएर ब्लेडले देब्रेपट्टी पेटमा चिरेको बिरामीको श्रीमती विमलाले जानकारी दिइन् ।

मगर कमलपित्त चाँडै निको हुने आशामा झाँक्री कहाँ पुगेका थिए । ज्याला मजदूरी गरेर परिवार पाल्दै आएका मगर अहिले मृत्युसँग जुधिरहेका छन् ।

लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति हुन् । उनका यसअघि पनि केही घटना विवादमा आएका थिए । तीन वर्षअघि पनि धादिङ मूलपानीकै एक महिलाको पेटमा रहेको पाँच महीनाको बच्चा उपचार गर्ने बहानामा फालिदिएको स्थानीय बताउँछन् ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोतिराम भट्टले  अहिले उजुरी परेकाले आवश्यक कारवाही गरिने बताएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ८ : २१ बजे

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा