प्रदेश–३ को चालु चौथो अधिवेशन अन्त्य « Khabarhub

प्रदेश–३ को चालु चौथो अधिवेशन अन्त्य


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिमको चालू चौथो अधिवेशन अन्त्य गरेकी छन् । बधुबार बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कोइरालाले पठाएको सूचना पढेर सुनाएका हुन् । प्रदेशसभाको बैठक अन्त्य गर्न मुख्यमन्त्री डोरमणि पौडेलले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष बुधबारै बिहान सिफारिस गरेर पठाएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

दुई विधयेक पारित

प्रदेश नं ३ को प्रदेशसभाको बुधबार बसेको बैठकले दुई वटा विधेयकलाई बहुमतले पारित गरेको छ । प्रदेशमा सार्वजनिक निजी, सहकारी साझेदारीको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७६ पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आन्तरिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले उक्त बैठकमा सो विधेयक क्रमश : पारित गरियोस् भनी प्रस्ताव राखेका थिए । उक्त छलफलमा उठेका जिज्ञासाको आन्तरिक मामिला ढुङ्गेलले उत्तर दिए । उनले सरकारले निष्पक्ष र पारदर्शीको सार्वजनिक, निजी क्षेत्रका सहकारीलाई समन्वय र सहकार्यबाट प्रदेशका दुर्गम भेगका जनतालाई कृषि उत्पादन, पशुपालन एवं आर्थिक आत्मनिर्भर बढाउने कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजान सरकार प्रतिबद्ध रहेको बताए ।

छलफल कार्यक्रममा प्रदेशसभाका सदस्य रीना गुरुङ, विजयाकेसी श्रेष्ठ, नारायणबहादुर सिलवाल, राजेन्द्र गुरुङले सार्वजनिक सहकारीलाई पहुँच नभएका जनताका बीच क्रयशक्ति बढाउन सरकारले कार्यक्रमका साथै अनुदान लगानी गर्नुपर्ने, सहकारीलाई नियन्त्रण गर्न तत्काल अनुगमनको प्रक्रियालाई सञ्चालन गर्न माग गरे ।

प्रदेशसभाको चौथो अधिवेशन बैठक विसं २०७६ वैशाख ३० गतेदेखि शुरु भई आजसम्म जम्मा ३२ पटक बैठक बसेको उक्त सचिवालयले जनाएको छ । सो अवधिभित्र सचिवालयमा ४५ वटा विधेयक दर्ता गरिएकोमध्ये आजको बैठकसम्ममा ४१ वटा विधेयक पारित गरिएको प्रदेशसभा सचिवालयले स्पष्ट गरेको छ । पारित भएको ४१ वटा विधेयकमध्ये ३८ वटा विधेयकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रमाणीकरण गरिकेकी छन् ।

प्रदेशसभाको आजै बसेको बैठकमा प्रदेशसभाका १५ जना सदस्यले विभिन्न समयमा बैठकमा कारणबस उपस्थित हुन नसकिएका कारण दर्शाउँदै बिदा स्वीकृतिको माग गरेबमोजिम बैठकको बहुमतले बिदाको स्वीकृत प्रदान गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १० : १५ बजे

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट