थारु सङ्ग्रहालय निर्माण शुरु « Khabarhub

थारु सङ्ग्रहालय निर्माण शुरु


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भम्कापानीमा थारु समुदायको थारु सङ्ग्रहालयको निर्माणकार्य शुरु गरिएको छ ।

थारु समुदायको संस्कृति, परम्परागत र पहिरन संरक्षण गर्ने उद्देश्यले वडाकार्यालयको सहयोगमा सङ्ग्रहालय निर्माण थालिएको हो ।

सङ्ग्रहालय स्थापनाले थारु समुदायको लोप हुन लागेको परम्परागत संस्कृतिको संरक्षण र पर्यटनमा प्रर्वद्धनमासमेत टेवा पुग्ने वडा कार्यालयले जनाएको छ । गत आर्थिक बीमा रु ५ लाख ७५ हजार लागतमा थारु सङ्ग्रहालयको दुई कोठे भवन निमार्ण शुरु गरिए पनि बजेट अभावका कारण निर्माण कार्यमा अवरोध भएको वडाध्यक्ष बहादुरसिंह महराले बताए ।

“सङ्ग्रालयमा थारु समुदायका परम्परागत पहिरन, संस्कृित झल्किने सामग्री राख्छौं।” वडाध्यक्ष महराले भने,“आगामी माघ महीनासम्म सङ्ग्रहालय स्थापना गरिसक्ने लक्ष्य छ ।”

उनले थारु समुदायको प्रमुख चाड माघी पर्वमा उद्घान गर्ने योजनासमेत रहेको बताए ।  शुक्लाफाँटा नगरपालिकामा रहेका अन्य पर्यटकीय क्षे, प्रसिद्ध मणिकाधाम क्षेत्र, बतासे झरना, मनमोहक वन जङ्गल तथा घाँसे मैदानलगायतका थुप्रै पर्यटकीयस्थलको प्रचारप्रसारमा जुट्न सके आर्थिक रुपले पनि लाभदायक हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ६ : ४९ बजे

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको