कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भम्कापानीमा थारु समुदायको थारु सङ्ग्रहालयको निर्माणकार्य शुरु गरिएको छ ।
थारु समुदायको संस्कृति, परम्परागत र पहिरन संरक्षण गर्ने उद्देश्यले वडाकार्यालयको सहयोगमा सङ्ग्रहालय निर्माण थालिएको हो ।
सङ्ग्रहालय स्थापनाले थारु समुदायको लोप हुन लागेको परम्परागत संस्कृतिको संरक्षण र पर्यटनमा प्रर्वद्धनमासमेत टेवा पुग्ने वडा कार्यालयले जनाएको छ । गत आर्थिक बीमा रु ५ लाख ७५ हजार लागतमा थारु सङ्ग्रहालयको दुई कोठे भवन निमार्ण शुरु गरिए पनि बजेट अभावका कारण निर्माण कार्यमा अवरोध भएको वडाध्यक्ष बहादुरसिंह महराले बताए ।
“सङ्ग्रालयमा थारु समुदायका परम्परागत पहिरन, संस्कृित झल्किने सामग्री राख्छौं।” वडाध्यक्ष महराले भने,“आगामी माघ महीनासम्म सङ्ग्रहालय स्थापना गरिसक्ने लक्ष्य छ ।”
उनले थारु समुदायको प्रमुख चाड माघी पर्वमा उद्घान गर्ने योजनासमेत रहेको बताए । शुक्लाफाँटा नगरपालिकामा रहेका अन्य पर्यटकीय क्षे, प्रसिद्ध मणिकाधाम क्षेत्र, बतासे झरना, मनमोहक वन जङ्गल तथा घाँसे मैदानलगायतका थुप्रै पर्यटकीयस्थलको प्रचारप्रसारमा जुट्न सके आर्थिक रुपले पनि लाभदायक हुने विश्वास लिइएको छ ।
प्रतिक्रिया